कुलमानको मुद्दा ‘हेर्न नभ्याइने’
फाइल तस्बिर
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धमा परेको रिट आज आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ ।प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा परेको उक्त रिट ‘हेर्न नभ्याइने’ मा परेको हो ।
सर्वाेच्च अदालतका अनुसार जबराको इजलासमा आज १४ वटा मुद्दा रहेका थिए । तीमध्ये पहिलो र दोस्रो नम्बरमा परेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मात्र सुनुवाई भयो । अघिल्ला कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत साउन ३२ गते घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट निवेदन दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया