गठबन्धनको सरकार विस्तार गर्दा पनि ढल्छ कि भन्ने डर छ : सुवासचन्द्र नेम्वाङ
काठमाडौँ – नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार नगरेकोप्रति टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल बृहत युवा भेला तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले सरकार बनेको ५० दिन भइसके पनि विस्तार गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
‘केपी ओली नेतृत्वको सरकार ढालेर सर्वाेच्च अदालतले धेरै अचम्मको कुरा गरेको छ । संसद् पुनःस्थापना गरेर । अदालतले जन्माएको परमादेश सरकार आएको छ,’ उनले व्यंग्य गर्दै भने, ‘यो ढंगको सरकार भएर हो कि के हो ५० दिन नाघिसक्यो सरकार विस्तार हुन सकेको छैन ।’
५ जनाले चलाएको सरकारले कुनै काम नगरेको उनको आरोप छ । त्यस्तै उनले सरकार विस्तार गर्न पनि गठबन्धन डराएको बताए । ‘सरकार विस्तार गर्दा यो सरकार नै ढल्छ कि भन्ने डर छ । यस्तो अचम्मसँग चलेको छ । सरकार विस्तार गर्दा दल फुट्ने हो कि दल फुट्ने हो कि भन्ने अवस्थामा चलिरहेको छ,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया