प्रमुख समाचार

एमालेमै रहने भन्दै सुदूरपश्‍चिमका दुई मन्त्रीले दिए राजीनामा

इकागज |
भदौ २२, २०७८ मंगलबार १७:२ बजे

कैलाली - सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका छन् ।

दल विभाजनपछि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले आज मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन । विगतमा शाह र गहतराज दुबै माधवकुमार नेपाल नेपालको समूहमा थिए  । तर दल विभाजन भएपछि भने उनीहरूले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीमा नगई नेकपामा रहने बताए ।



Author

थप समाचार
x