प्रमुख समाचार

संसद्‍मा एमालेको नाराबाजीबीच पेस भयो राजनीतिक दलसम्बन्धी अध्यादेश

इकागज |
भदौ २३, २०७८ बुधबार १८:७ बजे

काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकमा रानीतिक दलम्बिन्धी ऐनको दोस्रो संसोधन अध्यादेश पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री बालकृष्ण खाणलाई अध्यादेश टेबल गर्न अनुमति दिएका थिए ।

दिउँसो ४ बजे सुरु भएको संसद बैठक एमालेको अवरोधपछि १५ मिनेटलाई स्थगित भएको थियो । पछि पुनः सुरु भएको बैठक पनि एमालेको अवरोधपछि १५ मिनेट नै स्थगित भएको थियो । तेस्रो बैठकमा भने सभामुख सापकोटाले गृहमन्त्री खाणलाई अध्यादेश पेश गर्न समय दिएका थिए ।  


खाण ससंद्का मर्यादापालकको सुरक्षामा रोष्टममा गएका थिए । एमालेका सांसदहरु खाणलाई रोक्न रोष्टममै जान खोजेका थिए तर, मर्यादापालकले उनीहरुलाई रोके । सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो ।  

 उक्त अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भइसकेका छन् ।  प्रतिनिधि सभाको अबको बैठक भदौ २५ गते बस्ने सभामुखले बताए ।   


Author

थप समाचार
x