उत्पादनमूलक कम्पनी र जीवन बीमा समूहले बजार उकास्यो
एक सातापछि पुरानै लयमा फर्कियो सेयर बजार
काठमाडौंः अघिल्लो साता लगातार घटेको सेयर बजार अन्तिम कारोबार दिन बिहीबार सुधार भएको थियो । यो साताको पहिलो कारोबार दिनदेखि नै सेयर बजार परिसूचक उकालो लागेको छ । आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)परिसूचक ४६.४३ अंक अर्थात् २.३६ अंकले बढेर २,०१०.४५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य प्रतिबिम्बित गर्ने सेन्सेटिभ इण्डेक्स ८.०९ अंकले बढेर ३८२.११ अंकमा आएको छ ।
आइतबार नेप्सेमा ट्रेडिङ, होटल र जलविद्युत् बाहेक अन्य सबै उपसमूहका परिसूचकहरु उकालो लागेका छन् । म्यानुफ्याक्चरिङ र प्रडक्सन उपसमूहको परिसूचक ५.९९ प्रतिशत अर्थात् २७२.५४ अंकले बढेर ४,८२४.१५ बिन्दूमा आइपुगेको छ । त्यस्तै, बैंकिङ्ग र जीवन बीमा उपसमूहको परिसूचक पनि क्रमशः ३.१९ र ४.३७ प्रतिशतले बढेको छ ।
लघुवित्त कम्पनीहरुको लाभांश घोषणासँगै त्यी कम्पनीहरुको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार माहुली सामुदायिक लघुवित्त वित्तिय संस्था र साधना लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । नारायणी विकास बैंक, हिमालयन डिस्टिलरी तथा शिभम् सिमेन्टको सेयर लगानीकर्ताले कमाएका छन् ।
आइतबार नेप्सेमा २०३ कम्पनीका ९० लाख ५ हजार १६ कित्ता सेयर ४३ हजार पाँच सय ८४ कारोबारमार्फत् ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार एक सय ३१ रुपैँया मूल्यमा किनबेच भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया