नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे
हेटौंडा - नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । आइतबार बागमती प्रदेश सभा सचिवालयमा निर्वाचन आयोगले पठाएको नेकपा एमाले विभाजन पत्र दर्ता भएसँगै उक्त पार्टीका सांसदहरू बैठकले पाण्डेलाई दलको नेता चयन गरेको हो ।
संसदीय दलका नेतामा चयन भएसँगै पाण्डेले छोटो विधिबाट सरकार परिवर्तन गर्ने बताए । गठबन्धनको सरकारले बागमती प्रदेशमा अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाउने तयारी गरेको छ । नेकपा विभाजनपछि बागमती प्रदेशको १३ सांसदहरूले समाजवादी रोजेका छन् ।
बागमती प्रदेश सभामा नेकपा एमाले संसदीय दलको कार्यालय पनि स्थापना भएको छ । नेकपा (एकीकृत समाजवादी)को सोमबार बस्ने बैठकले दलको उपनेता, सचेतक चयन पाण्डेले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया