‘नेताको कुरा नगर्नुस्’
पाेखरा : सोमबार दिउँसो पृथ्वीचोकमा हजारौं मान्छेको उपस्थिति थियो । नयाँबजारबाट नेपाली कांग्रेसको झण्डा बोकेर सरकारविरुध्द चर्को नारा लगाउँदै आएका उनीहरूको हुल देख्दा सडकपेटीमा जुत्ता सिलाउन बसेका रौतहटका २१ वर्षीय साजन कुँवरलाई अचम्म लागेन ।
केही साताअगाडि यस्तै जुलुस निस्किएको थियो । फरक थियो त झण्डा, अरु सबै उस्तै । साता अगाडिको जुलुसमा नेपाली झण्डा बोकिएको थियो, सोमबारको प्रदर्शनमा कांग्रेसको । उनी नेताहरूको चर्को भाषण सुन्दै थिए । ‘सरकार काम लागेन, असफल भयो, भ्रष्ट भयो’ आदि-इत्यादी । उनलाई मनमनै हाँसो उठ्याे । विज्ञान संकायमा प्लस टु सकेपछि उनलाई पढ्न मन लागेन । उनका २ दाजुले ब्याचलर सकाए पनि जागिर पाएनन् । उनले जागिर पाउने ठेगान थिएन, त्यसैले पोखरा हानिए ।
फागुनमा पोखरा आएका उनी जुत्ता सिलाएर बस्न लागे तर, लकडाउनका कारण उनी गृहजिल्ला फर्कनुप-यो । सोमबारको प्रदर्शनबारे उनलाई सोध्दा उनले सिधैँ भने, ‘नेताहरूको कुरा नगर्नुस्, के दिए खै ? जागिर नपाएर म जुत्ता सिलाएर बसेको हुँ ।’
उनी नेताहरू र आफ्नो जीवनशैली दाँज्छन् । उनीहरू हिँड्ने चिल्ला गाडीका अगाडि उनका थोत्रा चप्पलको के मूल्य ? ‘नेता विकासको कुरा गर्ने, चुनाव जित्ने, चिल्ला गाडीमा हिँड्ने हो, हामी पो यी चप्पल घिसार्नु पर्छ,’ चप्पल देखाउँदै उनले भने । उनले दिनको १ हजार कमाउँछन् । धेरै भएको दिन १३ सय सम्म हुन्छ । उनले समाचार सुन्छन्, करोडौंका घोटाला भएको पनि सुन्छन् । उनी हिन्दी लवज मिसाउँदै भन्छन्, ‘दिनको १ हजार कमाउनेले त्यत्रो पैसाको कसरी कुरा गर्ने ? अझै पोखरामा कति खर्च पो छ त ।’
उनी नेताहरू र आफ्नो जीवनशैली दाँज्छन् । उनीहरू हिँड्ने चिल्ला गाडीका अगाडि उनका थोत्रा चप्पलको के मूल्य ? ‘नेता चिल्ला गाडीमा हिँड्छन्, हामी पो चप्पल घिसार्नुपर्छ,’ चप्पल देखाउँदै उनले भने ।
भक्तपुर घर भएका सन्तेबहादुर तामाङ (४५) चौध वर्षअघि पोखरा आए । पोखरा आएपछि तामाङले सुरुमा भारी बोक्न थाले । भारी बोक्ने काममा लागेका उनले काम छाडे । २ वर्षअगाडि उनी पोखराको एक गेष्ट हाउसमा काम गर्न थाले । महिनामा ५ हजार कमाए पनि उनको दम्पत्तीका लागि पर्याप्त थियो । काम राम्रै चल्दै थियो ।
कोरोनाका कारण लकडाउन सुरु भएपछि उनलाई तलब दिन नसक्ने भन्दै गेष्टहाउसले उनलाई कामबाट निकालिदियो । उनकी पत्नी रुपा तामाङ समेत कामविहिन भएपछि २ जनै सडकमा झरे । कोठाभाँडा तिर्न नसकेपछि कोठा छाड्नु प-यो । लकडाउनभर उनीहरूको बास पाटीमा भयो । लकडाउन अन्त्यपछि तामाङ बदाम बेच्न थाले । उनकी श्रीमती रुपा पोखराकै होटलमा काममा फर्किइन् ।
सोमबार भने उनको व्यवसाय कांग्रेसकाे प्रदशर्नका कारण राम्रै भयो । प्रदर्शनले बदाम बिक्री अरुदिनभन्दा धेरै राम्रो भयो ।
दुखका बेला तामाङका परिवारलाई कसैले हेरेन । सोमबार भने उनको व्यवसाय कांग्रेसका कारण केही हदसम्म राम्रै भयो । कांग्रेसको प्रदर्शनले सोमबार उनको बदाम बिक्री अरुदिन भन्दा धेरै राम्रो भयो । ‘दुखमा कसैले हेरेनन्, भोकभोकै सडकमा सुत्यौं, कति आँसु खसाल्यौं त्यो था छैन,’ उनले भने, ‘पार्टी सार्र्टीबाट केइ पाछैन, आज उनीहरूले गर्दा अलि व्यापार भयो, त्यति मात्र हो ।’
पोखरामा सोमबार कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । सोमबार पोखरामा हजारौं कार्यकर्ताको उपस्थितिमा कांग्रेसले -यालीसँगै विरोध प्रदर्शन गरेको हो । -याली पोखराको चिप्लेढुंगामा सुरु भएर महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
प्रदर्शनमा कांग्रेस कार्यकर्ताले ‘कांग्रेस अब तात्तियो, नेपाल सरकार आत्तियो’, राष्ट्रपति राजीनामा दे,’ जस्ता नारा लगाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया