प्रमुख समाचार

चुडामणि शर्मासँग ५० लाख धरौटी माग

इकागज |
असोज ११, २०७८ सोमबार १७:५४ बजे

फाइल तस्बिर

काठमाडौँ – आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदातालाई नियम विपरित छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

उनले १ अर्ब ३३ लाख रुपैयाँ बराबरको छुट नियम विपरित दिएको आरोप अख्तियारले लगाएको थियो ।   न्यायाशीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले ५० लाख रुपैयाँ धरौटी माग गरेको हो ।   


  
 


Author

थप समाचार
x