प्रमुख समाचार

लक्षित जनसंख्याको ५९ प्रतिशतले कोभिडविरुद्धको खोप लगाए

संक्रमण दर १३ बाट ८ प्रतिशतमा झर्‍यो

इकागज |
असोज १२, २०७८ मंगलबार १९:४६ बजे

फाइल तस्बिर

काठमाडौँ-  देशभर असोज १२ गतेसम्म लक्षित जनसंख्याको ५९ दशमलव ५ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् । सरकारले खोप लगाउने छुट्यएको लक्षित जनसंख्या २ लाख १७ हजार ५६ हजार ७६३ जना छन् ।

पहिलो मात्रा ३१ दशमलव २ प्रतिशत र पूर्ण मात्रा २८ दशमलब ३ प्रतिशतले खोप लगाएका छन् । मंगलबारसम्म देशभर कोभिड संक्रमितको दर ८ दशमलव ३ प्रतिशत रहेको छ ।


भदौसम्ममा लक्षित जनसंख्याको ४४ प्रतिशतले खोप लगाइसकेका छन् । पहिलो मात्रा २४ दशमलव ५ प्रतिशत र पूर्ण मात्रा २० दशमलव ५ प्रतिशतले लगाएका थिए । भदौ महिनामा संक्रममण दर १३ दशमलव ६ प्रतिशत रहेको थियो ।

सरकारले असोजसम्ममा खोपको पूर्ण मात्रा ३३ प्रतिशतमा लगाउने लक्ष्य राखेको छ । त्यसैगरी चैतसम्ममा सबैलाई खोप लगाउनेसमेत लक्ष्य राखेको छ ।

खोप अभियान सुरु भएदेखि हालसम्म १ करोड २९ लाख ५८ हजार ५०८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । नेपालमा माघको दोस्रो सातादेखि कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । सरकारले पहिलोपट भारतले अनुदान स्वरुप उपलब्ध गराएको कोभिसिल्ड खोप नागरिकलाई लगाएको थियो । 

सरकारले हाल देशमा भारतबाट ल्याइएको कोभिसिल्ड, भुटान र जापानको अष्‍ट्राजेनिका, अमेरिकाको जोनसन एण्ड जोनसन र चीनबाट ल्याइएको भेरोसेल जस्ता खोप लगाइरहेको छ ।

खोप लगाउन सबै जना सहभागी हुनु भनेको सकरात्मक कुरा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन बाँकी रहेकाले आफ्नो पालोमा लगाउनलाई मन्त्रालयले अनुरोध गरेको छ ।

नेपालमा १ करोड ५८ लाख ७९ हजार ४ हजार खोप भित्रिएको छ । केही दिन अघि मात्र चीनबाट ४४ लाख भेरोसेल खोप ल्याइएको थियो  ।

चीनबाट अनुदानस्वरुप १९ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । शुक्रबार मात्र चीन रेडक्रसले नेपाल रेडक्रसलाई १ लाख डोज खोप सहयोग गरेको छ ।

भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरूप र खरिद गरी १० लाख ल्याइएको छ । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।


Author

थप समाचार
x