प्रमुख समाचार

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

इकागज |
असोज १३, २०७८ बुधबार १३:२५ बजे

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा फेरि पनि हेर्न नमिल्नेमा परेको छ ।  १० वर्षदेखि सर्वाेच्चमा विचाराधिन रहेको उक्त मुद्दा आजको संवैधानिक इजलासले हेर्न नमिल्नेमा राखेको हो ।

संवैधानिक इजलासका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश हुनुअघि विपक्षीको तर्फबाट उक्त मुद्दामा बहस गरेको र आज उनकै इजसालमा मुद्दा परेपछि हेर्न नमिल्नेमा परेको हो ।   काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरुद्ध पूर्णिमाया लामाले मुद्दा दायर गरेकी हुन् ।  



Author

थप समाचार
x