प्रमुख समाचार

याक एण्ड यतीमा कतारी नागरिक मृत फेला

इकागज |
असोज १३, २०७८ बुधबार २१:५३ बजे

काठमाडौँ - दरबारमार्गमा रहेको होटल याक एण्ड यतीमा विदेशी नागरिक मृत फेला परेका छन् । होटलको एक कोठामा विदेशी नागरिकको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । 

उनी कतारी नागरिक हुन सक्ने भए पनि निश्चित हुन् नसकेको उनले बताए । खबर आएपछि डीएसपी रामेश्वर पौडेलको नेतृत्वमा प्रहरी टोली होटलमा पुगेको छ ।


चार दिनअघि काठमाडौं आएका उनी बुधबार फर्किने होटलमा जानकारी गराएका थिए । तर दिउँसो १२ बजेसम्म बाहिर ननिस्किएपछि होटलका कर्मचारी हेर्न गएका थिए ।

प्रहरीका अनुसार ढोका भित्रबाट लक गरिएको र नखोलेपछि खोलेर हेर्दा ओछ्यानमा ढलिरहेका थिए । उनका अनुसार अहिले त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञ होटलमै बोलाइएको छ ।


Author

थप समाचार
x