प्रमुख समाचार

कांग्रेस दोलखा सभापतिमा लामा विजयी

इकागज |
असोज १८, २०७८ सोमबार २१:९ बजे

काठमाडौँ - नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा विजयी भएका छन् । सोमबार सम्पन्‍न दोस्रो चरणको मतदानमा तारा खड्कालाई पराजित गर्दै लामा दोलखाको सभापतिमा विजयी भएका हुन् । दोस्रो चरणको निर्वाचनमा एक हजार तीन सय ७३ मत खसेकोमा लामाले आठ सय ७७ मत पाए ।  

प्रतिद्वन्द्वी खड्काले चार सय ८५ मत ल्याए । यसअघि आइतबार सम्पन्न मतदानमा सभापतिका उम्मेदवारहरूले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो ।  


पहिलो चरणको मतदानमा रुद्र खड्का तेस्रो भएर बाहिरिएका थिए । 


Author

थप समाचार
x