प्रमुख समाचार

आर्सनलको समस्या : मिकेल आर्टेटा की खेलाडी ?

इकागज |
पुस २, २०७७ बिहीबार ७:३९ बजे

काठमाडौं : जारी प्रिमियर लिग सिजन आर्सनलका लागि सुखद हुन सकेको छैन । लगातारको खराब प्रदर्शनका कारण आर्सनल लिग अंक तालिकाको १२ औं स्थानमा अड्किएको छ । लिगका पछिल्ला पाँच खेलमा आर्सनलले जित दर्ता गर्न सकेको छैन । तर पनि आर्सनलको प्रशिक्षक मिकेल आर्टेटाको पद धरापमा भने परिसकेको छैन ।

इंगल्यान्डका क्लबहरुमा धैर्यता हुँदैन । क्लबले केही खेलमा खराब प्रदर्शन गरे मात्र पनि प्रशिक्षक बर्खास्तमा पर्ने हल्ला चल्न सुरु भइहाल्छ । क्लब प्रशासनले गर्ने पनि त्यही हो । टिमको खराब लय काबुमा आउने समभावना न्यून देखिए चालिने कदम नै प्रशिक्षक बर्खास्ती हो । तर १२ खेल खेल्दा चारमा मात्र आर्सनललाई जिताउन सकेका आर्टेटाको अवस्था भने फरक छ ।


आर्टेटाको अवस्था किन फरक छ भनेर जान्‍न बिगत तर्फ फर्किनुपर्ने हुन्छ । गत डिसेम्बरमा स्पेनिस प्रशिक्षक उनाइ एम्री बर्खास्तीमा परेपछि आर्सनल व्यबस्थापनले आर्टेटालाई क्लबको जिम्मेवारी दिने मनसाय बनायो । तर रोजेको मान्छे पाउन कहाँ सजिलो छ र । आर्सनलले रोजेका आर्टेटा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाका सहायकका रुपमा कार्यरत थिए । त्यसकारण, सिटीबाट आर्टेटालाई फुत्काउन सजिलो थिएन । किनभने ग्वार्डिओलाले प्रिमियर लिग बुझेको अनि स्पेनिस भाषा जानेको आर्टेटालाई धेरै महत्व दिएका थिए ।

अन्ततः आर्टेटा आर्सनल आइपुगे । आर्टेटालाई क्लबमा ल्याएपछि आर्सनल व्यवस्थापनले उनलाई पूर्ण अधिकार दियो । आर्टेटा लन्डन क्लबमा कती शक्तिशाली छन् भन्‍ने कुरा उनले मेसुट ओजिललाई टिमबाट बाहिर राख्ने निर्णयले देखाइसकेको छ । तर अधिकार र शक्तिसँग जिम्मेवारी पनि त आउँछ । र जब जिम्मेवार पाएको ब्यक्तिले ‘डेलिभरी’ दिन सक्दैन, तब प्रश्न त उठ्छन् नै ।

हो, आर्टेटा बर्खास्तीमा पर्ने सम्भावना कम छ । तर आर्सनल व्यवस्थापन संकटमा फसेको छ । प्रशिक्षक बर्खास्तीको निर्णय लिन उ तयार छैन । न त उसँग देखा परेको समस्या समाधान गर्न पर्याप्त उपायहरु नै छन् ।  तर क्लबका प्रदर्शन र प्रशिक्षकले लिने प्रत्येक निर्णय खराब हुँदा प्रश्न त व्यबस्थापनका अगाडि पनि र्तेसिन्छन् ।

आर्सनलको आफ्‍नो दर्शन छ । शैली छ । त्यही दर्शन र शैलीमा उभिएर आर्सनल व्यवस्थापनले आर्टेटालाई क्लबमा ल्याएको हो । उसले सोचेको थियो उनाइ एम्रीले सम्हालन नसकेको टिमलाई उर्जावान देखिएका स्पेनिस युवाले सम्हाल्नेछन् ।

आर्सनलको आफ्नो दर्शन छ । शैली छ । त्यही दर्शन र शैलीमा उभिएर आर्सनल व्यबस्थापनले आर्टेटालाई क्लबमा ल्याएको हो । उसले सोचेको थियो उनाइ एम्रीले सम्हालन नसकेको टिमलाई उर्जावान देखिएका स्पेनिस युवाले सम्हाल्नेछन् ।

जारी लिगमा आर्टेटाको नेतृत्वमा आर्सनलले कीर्तिमान राखिरहेको छ । तर कीर्तिमान गर्ब गर्न लायकाको छैन । आईतबार बर्नलीसँग पराजित भएपछि आर्सनलले सन् १९५९ यता पहिलो पटक लगातार तीन खेल हारेको कीर्तिमान कायम गर्‍यो । त्यस सिजन आर्सनलले १३ औ स्थानमा रहेर लिग समापन गरेको थियो । यस सिजन आर्सनल त्यो भन्दा दुई स्थान तल छ ।

आर्सनल इंगल्यान्डको सर्वाधिक सफल क्लब मध्येको एक हो । आर्थिकरुपमा लन्डन क्लबको अवस्था सुदृढ छ । तर जारी सिजनमा आर्सनलको लयले महत्पूर्ण सन्देश दिएको छ । क्लब धनी र ठूलो भए पनि समस्या आइपर्छन् । र सबै समस्या प्रशिक्षकमा गएर ठोक्किदैनन् । उदाहरणका लागि, बर्नलीविरुद्धको खेलमा कप्तान ग्रनिट जाकाले पाएको रातो कार्ड । तर यहाँ बिर्सन नहुने तथ्य के हो भने, जाकालाई छनौट गर्ने आर्टेटा हुन् । त्यसकारण जाका वा अन्य आर्सनल खेलाडीहरुमा अनुशासनको कमी देखिए, त्यसको सम्बोधन गर्ने जिम्मा पनि प्रशिक्षककै हो । आर्टेटाले जिम्मेवारी सम्हालेपछि मात्रै पनि आर्सनल खेलाडीहरुले १२ महिनामा ६ पटक रातो कार्ड खाइसकेका छन् । अनुशासनको समस्यालाई आर्टेटाले तत्काल सम्बोधन गर्नुपर्ने देखिन्छ ।

अर्को समस्या भनेको आर्सनलसँग पर्याप्त संख्यामा स्तरिय खेलाडीहरु नहुनु हो । र भएकै खेलाडीहरुमा पनि जिम्मेवारीबोध नरहेको पाईन्छ । झट्ट हेर्दा, आर्सनलका खेलाडी र आर्टेटाबीच समुधुर सम्बन्ध नभएको जस्तो देखिन्छ । अनि आर्टेटाले ओजिल र सोकरटिसलाई गरेको ब्यवहारले पनि टिमका अन्य खेलाडीलाई निराश तुल्याएको हुनुपर्छ ।

आर्कषक फुटबल खेलाएर राम्रो नतिजा दिनुपर्छ भन्‍ने स्कुलिङबाट आर्टेटा दिक्षित छन् । तर आर्सनलमा आर्टेटाले आफ्नो दर्शन र शैली अनुसारको खेल खेलाउन सकेका छैनन् । त्यसको कारण, आर्टेटासँग आफुले बनाएको रणनीति अनुसार खेल्ने खेलाडी नभएर होईन । प्रशिक्षकलाई आफ्नो शैलीलाई कार्यन्वयन गर्न विश्वस्तरिय खेलाडीहरु नै चाहिन्छ भन्‍ने होइन । प्रमाणका लागि आर्टेटाले सम्मान गर्ने मार्सेलो बिएल्सालाई हेरे पुग्छ । जसले लिड्स युनाइटेडलाई आफुले चाहेको अनुसारको खेल खेलाउन सफल भइरहेका छन् । बिएल्साले लिड्समा आफुले चाहेको अनुसारका खेलाडी खरिद गर्नसक्ने अवस्था छैन । तर त्यसले बिएल्सालाई आफ्नो शैलीलाई तिलान्जली दिन प्रेरणा दिन सकेको छैन् ।

प्रशिक्षकलाई आफ्‍नो शैलीलाई कार्यन्वयन गर्न विश्वस्तरिय खेलाडीहरु नै चाहिन्छ भन्‍ने होइन । प्रमाणका लागि आर्टेटाले सम्मान गर्ने मार्सेलो बिएल्सालाई हेरे पुग्छ । जसले लिड्स युनाइटेडलाई आफुले चाहेको अनुसारको खेल खेलाउन सफल भइरहेका छन् ।

खेलाडीका रुपमा आर्टेटाको अन्तिम क्लब आर्सनल थियो । उनी करियर सक्नेबित्तिकै ग्वार्डिओलाको सहायक बन्‍न सिटी पुगे । आर्टेटा खेलाडीबाट प्रशिक्षकका रुपमा रुपान्तिरित हुन समय लागेन । त्यसकारण पनि उनलाई प्रशिक्षण क्षमताका आधारमा विश्लेषण गर्न सजिलो छैन् ।  अब प्रश्न उब्जिन्छ । किन आर्सनल जस्तो ठूलो क्लबले आर्टेटा जस्ता कम अनुभवीलाई मौका दिन्छ ? पूर्व खेलाडी भएकैले प्रशिक्षकको जिम्मेवारी पाउँने हो ?

म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि आफ्ना पूर्व खेलाडीलाई प्रशिक्षक बनाएको छ । तर यी दुई क्लब र आर्सनलमा भिन्‍नता छ । अर्थिक स्रोतका आधारमा । आर्सनल तुलनात्मक रुपमा युनाइटेड र चेल्सी भन्दा गरिब छ । आर्टेटाले ओले गनर सोल्स्यार र फ्रान्क लाम्पार्डले भन्दा खेलाडीमा कम खर्च गरेका छन् । आर्सनलले आर्टेटा छनौट गर्नुको कारण पनि पूर्व एभरटन मिडफिल्डरले कम बजेटमा काम गर्न सक्छन् भनेरै हो । त्यसो त गत सेप्टेम्बर सम्म पनि आर्टेटा आर्सनलमा प्रभावकारी देखिएका थिए ।

आर्टेटालाई छनौट गर्दा आर्सनल भित्रैबाट प्रश्न नउठेको होइन । तत्कालिन टेक्निकल निर्देशक स्भेन मिस्लिनटाटले आर्सनल प्रशिक्षक बन्‍न आर्टेटाको अनुभव नपुग्ने धारणा राखेका थिए । आर्सनलको खराब लयले निरन्तरा पाए, क्लबका बाँकी उच्च पदस्थ अधिकारीलाई पनि आर्टेटा कम अनुभवी लाग्‍ने समय आउन सक्छ । यदि त्यस्तो समय आए आर्टेटाको बर्खास्तीको बाटाे खुल्नेछ । (बेलायती सञ्चारमाध्यम दि इन्डिपेन्डेन्टबाट)


Author

थप समाचार
x