प्रमुख समाचार

प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्तबीच छलफल

विदेशमा रहेका नेपाली मतदान गर्न पाउलान् ?

इकागज |
कात्तिक ८, २०७८ सोमबार १५:३७ बजे

काठमाडौँ – विदेशमा रहेका नेपालीले आगामी निर्वाचनमा मतदान गर्न पाउने अधिकारबारे सरकारले छलफल थालेको छ । आज सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधार र सगुन शमसेर जबराले भेट गरी यसबारे छलफल गरेका हुन् ।  

उक्त भेटमा गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूका साथै आयोगका सचिवसमेत सहभागी थिए । उक्त भेटमा फागुन २१ बाट रिक्त हुने राष्ट्रिय सभा सदस्य संख्या १५ को निर्वाचनको मिति तोक्ने पनि निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 


यस्तै स्थानीय तहको निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाका विषयमा साथै प्रतिनिधि सभाका रिक्त चार सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचनका विषयमा पनि छलफल भएको आयोगले बताएको छ ।

निर्वाचन प्रणालीलाई प्रविधियुक्त बनाउने विषय र सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकारसम्बन्धी कानुनी तथा प्राविधिक विषयमा छलफल भएको आयोगले जनाएको छ । 


Author

थप समाचार
x