प्रमुख समाचार

न्यायाधीशहरूले भोलि फेरि प्रधानन्यायाधीशसँग छलफल गर्ने

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १४:२४ बजे

प्रधानन्यायाधीश राणा ।

काठमाडौँ – राजीनामा माग्ने न्यायाधीशहरु र राजीनामा दिन्नँ भनेर अभिव्यक्ति दिएका प्रधानन्यायाधीशबीच भोलि फेरि छलफल हुने भएको छ । न्यायाधीशहरुले आज दुई चरणमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरेका थिए । 

आजको पहिलो भेटमा प्रधानन्यायाधीशले एक्लै राजीनामा नदिने जवाफ न्यायाधीहरुलाई दिए । त्यसपछि पुनः आन्तरिक छलफलमा जुटे । लगत्तै फेरि प्रधानन्यायाधीशलाई भेट्न पुगेका १५ न्यायाधीशले पुनः प्रधानन्यायाधीशलाई भने, ‘तपाईंको नेतृत्वमा न्यायालय चल्न सक्दैन । राजीनामा दिनुस् ।’ प्रधानन्यायाधीशले जवाफमा राजीनामा नदिने दोहोर्‍याएपछि न्यायाधीशहरु प्रधानन्यायाधीशको कार्यकक्षबाट निस्किएका छन्  ।  
 



Author

थप समाचार
x