मुख्यमन्त्री पाण्डेले लिए सपथ
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको रुपमा सपथ लिएका छन् । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
प्रदेश प्रमुख शर्माले आज दिउँसो ३ बजेसम्मको लागि मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने समय दिएका थिए । मुख्यमन्त्रीको लागि पाण्डेबाहेक अरु कसैको दाबी नपरेपछि पाण्डे मुख्यमन्त्री भएका हुन् ।
पाण्डेलाई एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादीका सांसदहरुले समर्थन गरेका छन् । पाण्डेले हिजो बुधबार नै संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया