प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एसका राजेन्द्रकुमार राईको दाबी पेस
काठमाडौँ - प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी (एस) का राजेन्द्रकुमार राईले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले सरकार गठनको आव्हान गरेसँगै विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा राईले दाबी पेस गरेका हुन् ।
विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा पुगेर ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको हाे।
एमालेबाट प्रदेश १ का मुख्यमन्त्री बनेका भीम आचार्यले प्रदेश प्रमुखसमक्ष आजै राजीनामा दिएसँगै प्रदेश प्रमुख अधिकारीले सरकार गठनका लागि आव्हान गरेका थिए । सरकार गठनकाे दाबी पेसका लागि मंगलबार दिउँसो १ बजेसम्मका लागि समय दिइएको छ ।
प्रदेश १ मा ९२ सांसद सासद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक सांसद छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया