प्रधानन्यायाधीशको राजीनामा मागेर ओलीले रिस पोखिरहेका छन् : माधव नेपाल
विराटनगर - विवादमा फसेको सर्वोच्च अदालतबारे सत्ता गठबन्धनका दलहरु नै नबोलेको आरोप लागिरहेका बेला नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दोष पन्साउँदै प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणाको बचाउ गरेका छन् ।
बिहीबार साँझ विराटनगर विमानस्थल ओर्लिएपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै नेपालले अदालतको विवादको बिषयमा गठबन्धनभित्र छलफल गर्नै नभ्याइएको जवाफ दिए ।
‘अदालतको बिषयमा गठबन्धनभित्र प्रवेश गरेर केहिपनि गरेका छैनौं, हामी भ्याइरहेका पनि छैनौं’ अध्यक्ष नेपालले भने, ‘तर जहाँसम्म केपी ओलीजीले सवैको राजिनामा माग्दै हिंंड्नु भएको छ, त्यो रिस पोख्नु भएको हो वहाँले, त्यत्रो राम्रो निर्णय गर्ने, काम गर्ने व्यक्तिहरु र त्यसको पक्षपोषण गर्ने मान्छेहरुको वहाँ जहिले पनि विरोधी हुनुहुन्छ ।’
नेपालले गठबन्धनले अदालतको बिषयमा टुलुटुलु हेरेर बस्न नमिल्ने बताए । तर अहिलेसम्म छलफल पनि नभएको उनको भनाई थियो । अदालतको बिषयमा प्रधानमन्त्रीले पनि पहल गरिरहेको भन्दै संवेदनशिल बिषयमा कुरा गर्दै हिन्न नहुने उनले बताए ।
सत्ता गठबन्धनले बनाएको उच्च स्तरीय राजनीतिक संयन्त्रले दलहरुभित्र नीतिगत निर्णय र साझा धारणा बनाउने काम गरेको जानकारी दिए । ‘संगसगै सहकार्यको संस्कृतिलाई पनि अगाडि बढाउने छौं, यो गठबन्धन कहिले भंग हुने भन्ने भ्रमलाई चिर्नु जरुरी ठानेका छौं’ नेपालले भने, ‘त्यसका लागि राष्ट्रियसभाको आगामी उपनिर्वाचनमा सँगसँगै चुनावमा जाने प्रतिवद्धता पनि भएको छ ।’
नेपालले गठबन्धनभित्रको सहकार्यबाटै प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव राजेन्द्र कुमार राईको नेतृत्वमा प्रदेश सरकार निर्माण भएको दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया