प्रमुख समाचार

मोहम्मद सलाह र लिभरपुलमा उनको विरासत

इकागज |
पुस ९, २०७७ बिहीबार ७:२० बजे

काठमाडौं : मोहम्मद सलाह सञ्चारमाध्यलाई धेरै अन्तर्वार्ता दिँदैनन् । तर जब उनी अन्तर्वार्ता दिन्छन्, त्यसले एक प्रकारको माहोल सिर्जना गर्छ । प्रेसले हेडलाइन पाउँछ । अनि फुटबल सर्मथकले बहसका लागि नयाँ विषय पाउँछन् ।

गएको साता त्यस्तै भयो । स्पेनिस अखबार एएससँगको अन्तर्वार्ताले इजिप्सियन सलाहलाई बेलयाती प्रेसको हेडलाईन बनायो । सलाहले एएससँगको वार्तामा राखेका वाक्य, शब्दहरुको फरक फरक ब्याख्या अनि विश्लेषण गरियो । अन्तर्वार्ता दौरान, सलाहले कप्तानीका विषयमा टिप्पणी गरे । च्याम्पियन्स लिगमा मिज्जिल्यान्डविरुद्धको खेलमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डलाई लिभरपुल प्रशिक्षक योर्गेन क्लपले कप्तान बनाएको विषयमा उनको भनाई थियो, ‘क्लपले मलाई कप्तान बनाउँछन् जस्तो लागेको थियो । तर कप्तानको जिम्मेवारी आर्नोल्डले पाए । म खिन्‍न भए । तर त्यो प्रशिक्षकको निर्णय थियो । त्यसलाई मैले सम्मान गर्नुपर्छ ।’


सोही अन्तर्वार्तामा सलाहलाई भविष्यको योजना बारेमा पनि सोधियो । उनको उत्तर थियो, ‘अहिले नै उत्तर दिन ग्राहो छ । म कती समय लिभरपुलमा रहन्छु, त्यो क्लबको निर्णयमा भर पर्छ ।’ स्पेनको अखबारले सलाहलाई रियल म्याड्रिड र बार्सिलोनाका बारेमा नसाध्ने कुरै भएन । ‘रियल र बार्सिलोना दुबै ठूला क्लब हुन् । भविष्यमा के हुन्छ थाहा छैन । तर अहिलेका लागि मेरो ध्यान लिभरपुलमै रहेर फेरी लिग र च्याम्पियन्स लिग जित्नु हो । अनि क्लबका लागि नयाँ कीर्तिमान राख्दै जानु हो,’ सलाहको उत्तर थियो ।

हो, सलाह लिभरपुलमा नयाँ नयाँ कीर्तिमान बनाउने बाटोमा छन् । उनले अन्तर्वार्तामा ब्यक्त गरेको अभिब्यक्ति र लिभरपुलका लागि गरिरहेको प्रदर्शन मिल्दो छैनन् । अन्तर्वार्तामा आफु लिभरपुलमा खुशी नभएको संकेत गरेपनि उनले प्रत्येक खेलमा क्लबमा राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसकै नतिजा हो, उनी प्रिमियर लिगको सर्वोच्च गोलकर्ताको दौडमा हुनु । जारी लिग सिजनमा उनले प्रत्येक ८३ मिनेटमा गोल गरिरहेका छन् । गत शुक्रबार क्रिस्टल प्यालेसका विरुद्ध बेन्चबाट मैदान प्रवेश गरी दुई गोल गरेका सलाहले यस सिजन लिभरपुलका लागि कुल १६ गोल गरिसकेका छन् ।

क्रिस्टल प्यालेसविरुद्धको खेलमा सुरुवाती एघारमा सलाह नपर्नुलाई एक साता अगाडि एएसलाई दिएको अन्तर्वार्तासँग जोडेर पनि हेरियो । तर लिभरपुल प्रशिक्षक क्लपले सलाहलाई बेन्चमा राख्‍ने निर्णयसँग इजिप्सियन फरर्वाडले स्पेनिस अखबारलाई दिएको अन्तर्वार्ताको कुनै सम्बन्ध थिएन । लिभरपुलका खेलाडीले हम्मेसी आफ्ना प्रशिक्षकको निर्णयका बारेमा सार्वजानिकरुपमा प्रश्न उठाउदैन् । त्यसो त क्लपले पनि खेलाडीको त्यस्तो बानिलाई रुचाउदैनन् । तर सलाहलाई प्यालेससँगको खेलमा बेन्चमा राख्ने निर्णय उनलाई आराम दिनुसँग मात्र सम्बन्धित थियो ।

सलाहले बिर्सन नहुने कुरा के हो भने उनी हाल सही क्लबमा छन् । उनले अन्य क्लबमा लिभरपुलमा जस्तो महत्व पाउने छैनन् । अनि उनले अन्तर्वार्तामा भनेको जस्तो नयाँ कीर्तिमान राख्‍न लिभरपुल भन्दा सहज  क्लब अर्को छैन ।

तीन वर्ष अगाडि लिभरपुल आएका सलाहको इंग्लिस च्याम्पियनसँगको सम्झौता सन् २०२३ को जुन सम्मका लागि छ । उनी लिभरपुलमा सबैभन्दा धेरै तलब पाउने खेलाडीमध्येका एक हुन् । उनलाई लिभरपुलले महत्वपूर्ण खेलाडीका रुपमा पहिचान गरेको छ । त्यसैले, आउँदो जुनमा २९ वर्ष लाग्ने सलाहलाई मर्सिसाइड क्लबले अनुबन्धन नविकरणको प्रस्ताब राख्‍ने नै छ । सामान्यतय, यो उमेरमा कुनै पनि उच्च स्तरको खेलाडीले क्लबसँग नयाँ सम्झौता गर्दा धेरै तलबको माग गर्छन् । त्यसो त, सलाहका अगाडि लिभरपुलसँगको बसाई लम्ब्याउने बाहेक अन्य ठूला क्लबतर्फ स्थान्तरण हुने विकल्प पनि छ । उनी बाराम्बार पेरिस सेन्ट जर्मेन (पिएसजी), रियल लगायतका धनी क्लबसँग जोडिँदै आएकै छन् ।

तर सलाहले बिर्सन नहुने कुरा के हो भने उनी हाल सही क्लबमा छन् । उनले अन्य क्लबमा लिभरपुलमा जस्तो महत्व पाउने छैनन् । अनि उनले अन्तर्वार्तामा भनेको जस्तो नयाँ कीर्तिमान राख्न लिभरपुल भन्दा सहज क्लब अर्को छैन । त्यसकारण पनि उनले लिभरपुल बसाई लम्ब्याउँदै मर्सीसाइड क्लबमा आफ्नो विरासतलाई बलियो बनाउनु पर्छ ।

लिभरपुलमा सलाहले सम्झनलायकको योगदान गरेका छन् । उनले लिभरपुलको जर्सीमा च्याम्पियन्स लिग जितेका छन् । प्रिमियर लिग उचालेका छन् । क्लब विश्वकप र युइएफए सुपर कपमा सफलता चाखेका छन् । लिभरपुलका लागि गरेका गोलको संख्याले पनि सलाहलाई क्लबको इतिहासमा देखिएका महान् खेलाडीको सूचिमा दर्ज गराएको छ । उनले लिभरपुलमा एक सय ७३ खेल खेल्दा एक सय १० गोल गरिसकेका छन् । दुई पटक प्रिमियर लिगमा गोल्डन बुट जित्नुका साथै वर्ष खेलाडी पनि घोषित भएका छन् । यस्तो बलियो तथ्यांकले सलाहलाई लिगकै उत्कृष्ट खेलाडीमध्येका एक बनाउँछ । ११ नम्बरको जर्सी लगाएपनि सलाह स्ट्राइकरले जस्तै गोेल गर्छन् अनि नम्बर १० लगाउने प्लेमेकरले जस्तै गोलको अवसर सिर्जना गर्छन् । लिभरपुलले १९ पटक लिग अनि ६ पटक च्याम्पियन्स लिग जितेको छ । यस सिजन क्लप नेतृत्वको टिमले २० औ लिग र सातौं च्याम्पियन्स लिग उपाधी जित्दा सलाहको भूमिका महत्वपूर्ण हुनेछ ।

सबैप्रकारको महत्वपूर्ण उपाधी जितेका सलाहले, लिभरपुलका लागि निरन्तर प्रभावशाली प्रदर्शन गर्दै महत्वपूर्ण खेलहरु जिताएका छन् । तर कीर्तिमान र देखाएको खेल कौशलका बाबजुत सलाहलाई फुटबल समुदायमा उचित सम्मान गरिदैँन । उनलाई विश्व फुटबलका प्रभावशाली खेलाडीको सूचिमा राखिँदैन । लिभरपुल सर्मथकले समेत सलाहको योगदानलाई बिर्सिरहेका हुन्छन् ।

कीर्तिमान र देखाएको खेल कौशलका बाबजुत सलाहलाई फुटबल समुदायमा उचित सम्मान गरिदैँन । उनलाई विश्व फुटबलका प्रभावशाली खेलाडीको सूचिमा राखिँदैन । लिभरपुल सर्मथकले समेत सलाहको योगदानलाई बिर्सिरहेका हुन्छन् ।

इटालियन क्लब एस रोमाबाट सन् २०१७ मा लिभरपुल आएका सलाहले प्रत्येक साता आफ्नो खेल स्तरलाई कायम राखेका छन् । त्यसैले हुनसक्छ सर्मथकहरु सलाहले देखाउने प्रभावशाली प्रदर्शनलाई पनि स्वभाविक मान्छन् । सलाह बाहेक लिभरपुलमा साडियो मानेको योगदान पनि महत्वपूर्ण छ । बेलायती प्रेस अनि सर्मथकहरुले सलाह र मानेको सम्बन्धका बारेमा बाराम्बार बहस गरिरहेका हुन्छन् । दुबै अफ्रिकी फरर्वाड गोल गर्न खप्पिस छन् । टिमका अन्य सदस्यहरुलाई गोलका लागि अवसर पनि मिलाइरहेका हुन्छन् । दुबैको खेल्ने शैली र भूमिका समानता भएकाले उनीहरुबीच एकआपसमा प्रतिस्पर्धा वा अझ रिसराग न छैन भन्‍ने शंका गरिन्छ ।

तर सलाह आफुले गोल नगर्दा पनि टिमका अन्य सदस्यहरुले गोल गर्न सकुन् भन्‍ने भावले खेलिरहेका हुन्छन् । लिभरपुलमा उनको योगदान अतुलनिय छ । क्लप नेतृत्वको इंग्लिस टिमले घरेलु लिग जित्दा होस वा युरोपियन लिग, सलाहले उच्चस्तरको खेल कौशल देखाएका छन् । उनले कतिपय महत्वपूर्ण खेल एउटा पास वा गोलले परिवर्तन गरेको दृष्टान्त छ । त्यसकारण, क्लपले लिभरपुलमा नयाँ युगको स्थापना गर्दा, सलाह मूख्य कप्तानका रुपमा देखा परेका छन् ।

विगतमा धेरै स्थापित नामहरुले लिभरपुल छाडेका छन् । सलाहले पनि त्यही बाटो अपनाए त्यसलाई अचम्मलाग्दो घटनाका रुपमा चित्रित गरने छैन । सलाहले क्लबका लागि गरेको योगदानका आधारमा पनि उनले आफ्नो भविष्यका बारेमा लिने जुनसुकै निर्णयलाई पनि खुशीका साथ स्विर्कानुपर्ने अवस्था छ । २८ वर्षिय सलाह निरन्तर बलियो खेल देखाइरहेका छन् । उच्च स्तरको लय कायम गरिरहेका छन् । तर सलाहको प्रदर्शनका बारेमा प्रशंसा गर्दा बर्सन नहुने तथ्य के हो भने लिभरपुलका नम्बर ११ ले पछिल्ला वर्षमा निखारिएको खेल देखाउनुमा उनको प्रशिक्षक र सहकर्मीको पनि ठूलो हात छ । त्यसकारण, सलाह जहाँ छन्, सही स्थानमा छन् । र आउँदा वर्षमा पनि उनी अहिलेकै स्थानमा रहनुपर्नेछ । म्याड्रिड वा बार्सिलोना उनको लागि सही स्थान होइन । (गोलडटकमबाट) 


Author

थप समाचार
x