प्रमुख समाचार

एक्‍लिए गृहमन्त्री : थापा ओलीतिर, राजनीतिक सल्लाहकार दाहालतिर

इकागज |
पुस ९, २०७७ बिहीबार १४:० बजे

काठमाडौं :  नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पुष्पकमल दाहाल समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीतिर थापा लागे पनि सुवेदी भने बिहीबार बसेको दाहाल समूहको बैठकमा सहभागी भएका हुन् ।

सुवेदीले थापालाई ओली समूहमा नाजन आग्रह गरेको जानकारी दिए । 'गृहमन्त्रीज्यू के कारणले उता लाग्‍नु भयो थाहा भएन' उनले भने 'तर हामी चैं गएनौं ।' नेकपाका केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी पनि दाहाल-नेपाल समूहमा लागेका छन् ।


केही दिनसम्म कुनै समूहमा नलागेका गृहमन्त्री थापा बुधबार साँझ र बिहीबार बिहान बालुवाटारमा बैठक बसेपछि ओलीतिर लाग्‍ने टुंगोमा पुगेका थिए । थापा ओलीतिर लागेपछि एक्लिएका छन् । थापा समूहका अन्य नेताहरु सबै दाहाल समूहमा लागेका छन् ।


Author

थप समाचार
x