प्रमुख समाचार

कांग्रेस १४औं महाधिवेशन

सबै पदमा सर्वसम्मत गरेर नमूना बन्यो मोरङको क्षेत्र नम्बर ५

इकागज |
मंसिर ७, २०७८ मंगलबार २१:४५ बजे

विराटनगर - १४औं महाधिवेशन अन्तरगत गुटगत प्रतिस्पर्धामा होमिएको नेपाली कांग्रेसले मोरङको एउटा क्षेत्रमा भने सबै पदमा सर्वसम्मत नेतृत्व चयन गराउन सफल भएको छ । मोरङको क्षेत्र नम्बर ५ मा क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन प्रतिनिधिसम्म र बुथ (वडा)देखि प्रदेश र संघीयतर्फको क्षेत्रीय समितिका सबै पदमा सर्वसम्मत गराएको हो ।

क्षेत्र नं. ५ मा मंगलबार साँझ सबै तहका निर्वाचन सम्पन्न भएका छन् । जहाँ सबै पदमा सर्वसम्मत भएको हो । मंगलबार भएको अन्तिम निर्वाचनका क्रममा क्षेत्रीय सभापतिमा जिवछ गच्छदार सर्वसम्मत भएका छन् । त्यहाँ प्रदेशसभा क्षेत्र अन्तरगत क्षेत्र (क) को सभापतिमा अचानु खा“ गनगा“ई र (ख) मा जितेन्द्रप्रसाद साह यसअघि नै सर्वसम्मत भइसकेका हुन् ।


सर्वसम्मत नेतृत्व चयनका कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले भूमिका खेलेका हुन् । अर्यालले सोही क्षेत्रबाट चुनाव लड्दै आएका छन् । अर्याल दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । क्षेत्र नम्बर ५ मा कुनैपनि पदमा निर्वाचन नभएको अर्यालले बताए । उनले कांग्रेसको जारी १४औं महाधिवेशन अन्तरगत क्षेत्र नं. ५ सबै तह र पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने पहिलो क्षेत्र भएको दाबी समेत गरेका छन् ।

‘बुथ सभापतिदेखि स्थानीय, क्षेत्र र महाधिवेशन प्रतिनिधिसम्म सम्मत हुनु कांग्रेस महाधिवेशन अभियानकै पहिलो घटना हो’ अर्यालले भने, ‘हामीले कसैलाई पनि कुनै टिमको उम्मेदवार नबनाई मेलमिलापमा अघि बढ्न भूमिका खेलेको थियौं, हामी सफल पनि भएका छौं ।’

अर्याल एमाले–माओवादी गठबन्धनका उम्मेदवार माओवादीका शिवकुमार मण्डलस“ग २०७४ मा त्यहाँबाट पराजित भएका थिए । निर्वाचन पराजित भएपनि उनले क्षेत्र नम्बर ५ मा आफैं खटेर पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका छन् । उनी पार्टीभित्र संस्थापन पक्ष (देउवा) निकट नेताका रुपमा जिल्लामा चिनिन्छन् । तर आफुले गुटलाई भन्दा पार्टीलाई ध्यान दिएर काम गर्ने गरेको भन्दै त्यसैको परिणामस्वरुप सबैले स्वीकार्ने गरी सर्वसम्मत नेतृत्व चयन गरेको दाबी गरे ।

‘पार्टीका सबै केन्द्रीय सदस्यहरुले मलाई विश्वास गर्नुभयो, विश्वास गरेर जिम्मेवारी दिनुभयो र मैलेपनि इमान्दारिताका साथ काम गरेकोले अहिले यो क्षेत्रमा सर्वसम्मत हुनसक्यो’ उनले भने ‘कसैले टिम नबनाई कांग्रेस एकजुट भएर काम गरेको खण्डमा धेरै क्षेत्रमा यस्तै परिणाम आउ“छ भन्ने महसुस भएको छ ।’

क्षेत्र नं. ५ मा मंगलबार ११ जना महासमिति सदस्यसहित २५ जना महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत निर्वाचित भएका छन् । महासमितितर्फ अर्यालसहित हसन अन्सारी, रामनारायण मण्डल, ज्ञानी बैठा, आशाकुमारी सरदार, हरिलाल सिंह, नीता आचार्य, बजरंग अग्रवाल, अशोक कुमार साह, दिलिप कुमार पोखरेल, गयानन्द मण्डल र जवाहारलाल मण्डल सर्वसम्मत भएका छन् ।

महाधिवेशन प्रतिनिधितर्फ फुलकुमार लालबानी, पार्वति यादव, जस्मिन मण्डल, नसिमा वानो, नइम आलम, सुदर्शन मल्ल ठकुरी, अब्दुल खान, शम्भुसिंह कार्की, कमला श्रेष्ठ, गिरालाल मण्डल, शुकदेवप्रसाद मण्डल, कौशल्याकुमारी मण्डल, राजेश गुप्ता र गयानन्द बैठा चयन भएका छन् । मोरङको क्षेत्र नं. १ मा क्षेत्रीय समितिका सभापतिसहित पदाधिकारी बाहेक महासमिति र महाधिवेशन प्रतिनिधिमा भने मंगलबार मतदान सम्पन्न भएको छ । १ मा शंकर राई क्षेत्रीय सभापतिमा सर्वसम्मत भइसकेका छन् ।

त्यसैगरी क्षेत्र नं. २ र ६ मा मंगलबार बेलुका ७ बजेसम्म मतदान भएको थियो । क्षेत्र नं. ४ मा मतदान सकिएर मतगणना सुरु गर्ने तयारी गर्दा नेता कार्यकर्ताहरुले मादक पदार्थ सेवन गरेर आएको भन्दै निर्वाचन समितिले गणना अघि बढाउन नसकेको जनाइएको छ । क्षेत्र नं. ६ मा ९ बजेसम्म पनि मतदान जारी छ । संस्थापन र इतर समुहबीच निर्वाचन स्थलबारे विवाद हुँदा सोमबार मनोनयन हुन नसकी मंगलबारलाई सारिएको थियो । आज २ बजेसम्म मनोनयन दर्ता भएर साढे २ बजेदेखि मतदान सुरु भएको थियो । क्षेत्र नं. ६ मा मतदान नै नसकिएका कारण गणनाबारे निर्णय हुन बाँकी रहेको मतदान अधिकृत जयबहादुर भुजेलले जानकारी दिए । 


Author

थप समाचार
x