भीम रावलले भने : धाँधलीको संकेत छ
फाइल तस्बिर
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औँ महाधिवेशनअन्तरर्गत दोस्रो दिनको बन्दसत्र समयमै सुरु नगर्नु धाँधलीको संकेत भएको टिप्पणी गरेका छन् । आज बिहान ७ बजे सुरु हुने भनिएको बन्द सत्र साँझ ७ बजे गर्ने सूचना जारी भएपछि रावलले यस्तो टिप्पणी गरेका हुन् ।
एमालेमा पदाधिकारीमा आकांक्षी धेरै भएपछि विवाद उत्पन्न भएको छ । तर, केपी शर्मा ओलीले सर्वसम्मतिको भन्दै आफूनिकट नेताहरुसँग छलफल तीव्र पारेका छन् । ओलीले नेता रावललाई पनि ब्याक गराउन विभिन्न पदको अफर गरिरहेका छन् । तर, रावलले आफू अध्यक्ष पदको उम्मेदवारीबाट कुनै हालतमा ब्याक नहुने अडान लिएका छन् ।
‘दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ’ रावलले ट्वीटरमा भनेका छन् ।
दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) November 28, 2021
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया