कांग्रेस प्रदेश अधिवेशन : बागमती सभापतिमा तीन जनाको उम्मेदवारी
काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । इन्द्रबहादुर बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधानले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी दिएका हुन् ।
बानियाँले तीर्थ लामाको प्रस्ताव तथा दुर्लभ थापाको समर्थनमा उम्मेदवारी दिएका हुन् । त्यस्तै केसीले मधु आचार्यको प्रस्तावमा कृष्ण बानियाँको समर्थनमा र प्रधानले शिव हुमागाईंको प्रस्तावमा कुन्दनराज काफ्लेको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन् । यी तीनै जनाले प्यानलसहित उम्मेदवारी दिएका हुन् ।
निर्वाचनअन्तर्गत यही मंसिर १८ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान समय तोकिएको छ ।
अधिवेशनबाट प्रदेश सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री तीनसहित ९१ जनाको प्रदेश कार्यसमिति चयन हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया