रामचन्द्र, शशांक र शेखरबीच गोधुली पार्टी प्यालेसमा छलफल
काठमाडौँ – साझा उम्मेदवार चयन गर्न सकस भएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइरालासँग छुट्टै छलफल गरेका छन् । यी नेताबीच बसुन्धारास्थित गोधुली पार्टी प्यालेसमा छलफल जारी छ ।
पौडेल समूहमा सभापतिका आकांक्षी चार जना छन् । ती मध्ये महामन्त्री डा.शशांकले सहमतिका लागि आफू लचक भएको भन्दै सभापतिको आकांक्षीबाट बाहिर निस्किएको बताएका छन् ।
नेताहरूका अनुसार पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा.शेखर कोइराला भने आफ्नो दाबीबाट पछि हटेका छैनन् ।
पौडेल समूहले साझा उम्मेदवार छान्नको लागि राय लिने भन्दै आफू पक्षीय जिल्ला सभापति, पूर्व जिल्ला सभापतिलगायतका नेतासँग बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल राखेको छ । त्यहाँको छलफलमा सहभागी भएर खाना खाने भन्दै निस्किएका नेता पौडेल कृष्ण प्रसाद सिटौला निवास पुगे । त्यहाँबाट पनि निस्किएका पौडेल अहिले कोइाला दाजु भाइसँग छलफल गर्न पुगेका हुन् ।
शशांक कोइरालाले सहमतिका लागि सभापतिको दाबी छाड्ने बताए पनि शेखर र प्रकाशमान सिंहले भने सभापतिमा दाबी छाडेका छैनन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया