प्रमुख समाचार

बुढानीलकण्ठमा देउवा समूहको बैठक : महामन्त्रीमा खाण, महत र साउदको दाबी

इकागज |
मंसिर २२, २०७८ बुधबार १४:१७ बजे

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनअन्तरगर्त आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका छन् । छलफल देउवा निवास बुढानीलकण्ठमा जारी छ । आजको छलफलमा उम्मेदवारको पनि टुंगो लगाउने तयारी गरिएको बताइएको छ । उक्त समूहमा सभापतिमा शेरबहादुर देउवाबाहेक अन्य नेताको दाबी नभएकोले विवाद छैन । तर, अन्य पदमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहकै जस्तो रस्साकस्सी छ । 

महामन्त्रीमा तीन नेताले दाबी गरेका छन् । ‘महामन्त्रीका लागि बालकृष्ण खाण, प्रकाशशरण महत र एनपी साउदले दाबी गर्नुभएको छ’ बैठकमा सहभागी एक नेताले भने ।  खाण प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा नेतृत्वको सरकारका गृहमन्त्री हुन् । यो समूहमा सहमहामन्त्रीमा करिब एक दर्जन नेताले दाबी गरेका छन् ।    



Author

थप समाचार
x