प्रमुख समाचार

कांग्रेस महाधिवेशन : यस्तो बन्यो देउवाको टिम

इकागज |
मंसिर २५, २०७८ शनिबार १६:१९ बजे

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा पनि सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले आफ्नो टिमसमेत तयार गरेका छन् । आज शनिबार मनोनयनको दिन अन्तिम समयमा आएर देउवाले आफ्नो टिम तयार पारेका हुन् ।  यो समूहलाई कृष्ण प्रसाद सिटौलाले पनि साथ दिएका छन् ।  
 
देउवाको समूहमा उपसभापतिमा विजय गच्छदार, र पूर्णबहादुर खड्का पक्का भएका हुन् । त्यस्तै महामन्त्रीमा डा.प्रकाशशरण महत र सिटौला समूहका प्रदीप पौडेलले उम्मेदवारी दर्ता गर्दैछन् ।  पौडेललाई महामन्त्री बनाउने देउवाको निर्णयपछि उक्त समूहमा असन्तुष्टहरुको समूह बढेको छ ।   

यो समूहबाट महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँचीलाई अघि सारिएको छ। त्यस्तै मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाहीलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।   



Author

थप समाचार
x