अपडेट : १७०६ गणना गर्दा देउवाको ८११, कोइरालाको ६१६
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।
१७०६मतगणना गर्दा शेरबहादुर देउवाले ८११ मत पाएका छन् । डा .शेखर कोइरालाले ६१६ मत ल्याएका छन् । बिमलेन्द्र निधिले ९७ भोट ल्याउँदा प्रकाशमान सिंहले १३१ र कल्याण गुरुङले पाँच भोट ल्याएका छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् । पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५१ प्रतिशत मत हो । यदि ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया