पुस १८ गतेसम्मका लागि संसद् बैठक स्थगित
काठमाडौं– संघीय संसद् प्रतिनिधि सभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचि अघि बढाएर हिजो र आजको बैठक चलाएका थिए । आजको बैठकमा पनि एमालेको विराेध कायमै रहे पनि चार अध्यादेश स्वीकृत गर्दै बैठक ११ दिनका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए । संसद्को अर्को बैठक पुस १८ गते बस्ने छ ।
गत भदौदेखि संसदमा विरोध जनाउँदै आएको एमालले बुधबार पनि जारी राखेको थियो। सरकारले र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्ष दल फुटाउने मतियारको भूमिका खेलेको भन्दै भदौदेखि निरन्तर विरोध गरिरहेको छ। एमालेले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट मुक्त गरेको सूचना टाँस गर्न सभामुखसमक्ष माग गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया