प्रदेश १ का मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा राउत
विराटनगर - प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईले आफ्नो आर्थिक सल्लाहकारमा राजेन्द्र राउतलाई नियुक्त गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष रहेका राउतलाई मुख्यमन्त्री राईले बुधबार आफ्नो आर्थिक सल्लाहकारमा नियुक्ती गरेका हुन् ।
आर्थिक सल्लाहकार नियुक्त भएका राउतले प्रदेश १ को आर्थिक विकासका लागि मुख्यमन्त्री राईसँगको सल्लाह र परामर्शमा आफुले सकेको साथ दिने प्रतिवद्धता जनाएका छन् ।
जलविद्युत र कृषिका लागि सम्भावना बोकेको प्रदेश भएकोले त्यस क्षेत्रमा लगानी बृद्धि गर्न र देखिएका समस्या समाधान गर्न आफुले सरकारलाई आवश्यक सहयोग गर्ने सल्लाहकार राउतले बताए । प्रदेश १ मा उदाउँदो उद्योगीका रुपमा स्थापित भएका राउतले आफु कुनैपनि राजनीतिक दल नजिक नभएको दाबी गर्दै आएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया