प्रमुख समाचार

पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

इकागज |
पुस १४, २०७८ बुधबार १७:६ बजे

काठमाडौँ – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।   

न्यायाधीश दीपकुमार कार्कीको एकल इजलासले रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वय नगर्नू नगराउनू भनी आदेश दिएको हो । सर्वाेच्चका सञ्चार विज्ञ किशोर पौडेलले उक्त मुद्दाका दुवै पक्षलाई छलफलका लागि माघ ३ गते अदालत उपस्थित हुन भनिएको जानकारी दिए । आफूलाई निलम्बन गर्नु गैरकानुनी भएको भन्दै रेग्मी सर्वाेच्च पुगेका थिए ।   


रेग्मीमाथि लागेको विभिन्न आरोप छानबिनको लागि बोर्डकै उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समितिसमेत गठन गरिएको थियो । छानबिन समिति गठन भएसँगै रेग्मी स्वतः निलम्बनमा परेका थिए ।   
 
 


Author

थप समाचार
x