प्रमुख समाचार

हिउँले ढाकिएपछि यस्तो देखियो गुप्सीपाखा (फोटो फिचर)

जेशन गुरुङ/लाप्राक |
पुस १५, २०७८ बिहीबार १४:१७ बजे

काठमाडौँ – बुधबार देशैभरी वर्षा भयो । हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । आज पनि देशका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातकासाथै केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशैभरी चिसो बढेको छ । गोरखाको हिमाली र उच्च पडाडी क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ ।  जिल्लाको लाप्राक, बारपाकसँगै तल्लो मनास्लु क्षेत्र र माथिल्लो मनास्लु क्षेत्रमा हिउँ परेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । गुप्सीपाखा समुन्द्रिक सतहदेखि २७ सय मिटर उचाइमा छ । यो नमुना बस्तीमा ६ सय घर छन् । आज भने मौसम केही सफा भएको स्थानीयले बताएका छन् ।  गुप्सीमा अहिले हिउँ खेल्नका लागि आन्तरिक पर्यटकहरू पुगेका छन् ।


 

 


Author

थप समाचार
x