प्रदेश १ मा एमालेका तीन उम्मेदवारले गरे मनोनयन दर्ता
विराटनगर - प्रदेश १ मा तीन सिटका लागि हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । प्रदेश निर्वाचन कार्यालयमा पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन्।
प्रदेश १ मा नेकपा एमालेबाट अन्यतर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक/अपांगतर्फ सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् ।
अन्यतर्फ एमालेले देवराज घिमिरेलाई उम्मेवार बनाउने निर्णय गरेको थियो । तर घिमिरेको नाम समानुपातिक तर्फको बन्दसूचीमा रहेको पाइएपछि बराललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय भएको एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिए ।
प्रदेश १ मा अन्य, महिला र अल्पसंख्यक/अपांगतर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरु नैनकला ओझा, अगम प्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि आगामी फागुन २० मा सकिंदैछ । रिक्त हुने स्थानमा माघ १२ गते हुदैछ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया