कञ्चनपुरको सीमा क्षेत्रमा गोली चल्यो, एक घाइते
सांकेतिक तस्बिर
कञ्चनपुर : कञ्चनपुरको सीमा क्षेत्रमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रवत्ता अमर बहादुर थापाले बताए ।
सीमा क्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको उनले बताए । भारतीय एसएसबी वा वन रक्षकले गोली चलाएको हुन सक्ने प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया