माओवादी अध्यक्ष दाहाल कोभिड संक्रमण मुक्त
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोभिड संक्रमण मुक्त भएका छन् । आज आइतबार गरिएको पीसीआर परीक्षणमा दाहालको कोभिड रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
पुस २४ गते दाहाललाई कोभिड संक्रमण पुष्टि भएको थियो । कोभिड संक्रमण पुष्टि भएसँगै दाहाल भेटघाट बन्द गरेर होमआइसोलेसनमा बसेका थिए । पछिल्लो माओवादीकै अन्य शीर्ष नेता भने अझै कोभिड संक्रमित नै छन् । देशभर पनि कोभिड संक्रमणको दर बढिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया