प्रमुख समाचार

भेरी नदीमा बस खस्दा एकको मृत्यु

लक्ष्मी भण्डारी |
पुस २३, २०७७ बिहीबार १६:४० बजे

सुर्खेत : दाङबाट रिजर्भ लिन सल्यानको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दाङका २१ वर्षका सुमन नेपालीको ज्यान गएको गुर्भाकोट नगरपालिका-९ का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । रिर्जभको लागि हिडेको ना ५ ख ७७५० बस सुर्खेतको गुर्भाकोट नगरपालिकाको भुल्के भन्ने ठाउँमा भेरी नदीमा खसेको हो । 


‘दाङको कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको बस हो भन्ने जानकारी आएको छ,’ वडाध्यक्ष भट्टराईले भने, ‘बसमा तीन जना मात्रै सवार रहेको कुरा घाइतेले बताएपछि घाइते बेहोस भएका छन् ।’ घाइतेलाई उपचारको लागि मेहलकुना अस्पतालमा लगिएको छ । 

भट्टराईले बस नदीमा डुवेको र घटनास्थलल अप्ठेरो भएको हुँदा उध्दार गर्न कठिन भएको बताए । छिन्चु-जाजरकोट सडक खण्डमा भएको दुर्घटनामा बस सडकबाट करिव तीन सय मिटर तल खसेको वडाध्यक्ष भट्टराईले बताए । 

बसमा सवार अन्य यात्रुको पहिचान खुलेको छैन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले उध्दारको लागि प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए । बस पानीमा डुबेको खबर आएको र अन्य विवरण आउन बाँकी रहेको डिएसपी घर्तीले बताए । 
 

 


Author

थप समाचार
x