प्रमुख समाचार

इटालीमा युभेन्टसको प्रभुत्व अन्त्य हुन लागेको हो ?

इकागज |
पुस २४, २०७७ शुक्रबार ७:१४ बजे

काठमाडौं : कुनै समय युरोपियन क्लब फुटबलमा सबैभन्दा बलियो लिग मानिएको इटालियन ‘सिरी ए’ मा युभेन्टसले करिब एक दशक एक छत्र प्रभुत्व कायम गर्‍यो । पछिल्ला नौ सिजनमा लिग जित्दा युभेन्टसलाई उपााधि दौडमा कुनै पनि टिमले लगातार दबाब दिन सकेनन् । तर यस पटक अवस्था फेरिएको छ । दश वर्ष अघि लिग जितेको एसी मिलान जारी सिरी ए को शिर्ष स्थानमा छ भने युभेन्टस चौंथौं स्थानमा सिमित छ ।

बुधबार मिलानलाई ३–१ ले पराजित गरे पनि युभेन्टस अझै शिर्षस्थानबाट सात अंकले पछाडि छ । युभेन्टसले इटालियन फुटबलमा निरन्तर दबदबा कायम गर्दा महत्वपूर्ण खेलाडीका रुपमा रहेका आन्द्रेई पिर्लो अहिले क्लबका प्रशिक्षकको जिम्मेवारीमा छन् । पिर्लो खेलाडीका रुपमा २०११ मा युभेन्टस आएका थिए । उनको आगमनका बारेमा युभेन्टसका मालिक आन्द्रेइ आग्नेल्लीले आफ्नो आत्मकथामा समेत लेखेका छन् । आग्नेल्लीले पहिलो पटक पिर्लोलाई भेट्दा नै आफु पूर्व मिडफिल्डरसँग मोहित भएको भनेका छन् । आग्नेल्लीको पिर्लो प्रतिको मोह अहिले पनि उत्तिकै छ ? यसको उत्तर आउँदा साताहरुमा पाइने नै छ ।


खेलाडी छँदा पिर्लोले युभेन्टसमा जादु देखाएकै हुन् । तर प्रशिक्षकका रुपमा भने टुरिनमा उनी खरो उत्रन सकेका छैनन् । एन्टिनियो कोन्टेले बसालेको जगमा मासिमिलानो एलेग्रीको मेहेनत मिसिएपछि युभेन्टसले पछिल्ला वर्षमा लगातार लिग जितिरह्यो । माउरिजियो सारीले समेत एव वर्ष क्लबमा रहँदा लिग जिते । तर उनको बर्हिगमन पछि आएका पिर्लोको नेतृत्वमा रहेको युभेन्टसले उही लय देखाउन सकेको छैन् । अझ भन्दा युभेन्टसले भर्खरै सकिएको दशकमा राखेको प्रभुत्व नै धरापमा पर्ने संकेत देखा पर्न थालेको छ ।

पिर्लो : आर्किटेक्टबाट विनाशक ?  
रोर्बटो मान्सिनी र जोसे मौउरिन्होको नेतृत्वमा सन् २००५ देखि २०१० सम्म इन्टर मिलानले लगातार लिग जित्यो । इन्टरको त्यो दबदबालाई भत्काउन सफल भए एन्टिनियो कोन्टे । सहयोग रह्यो, पिर्लोको । जो मिलानबाट टुरिन पुगेका थिए । युभेन्टस इटालीको सर्वाधिक सफल बन्नुमा पिर्लोको ठूलो योगदान छ । तर प्रशिक्षकका रुपमा उनी असफल हुने हो भने खेलाडी हँदा उनले गरेको योगदान छायाँमा पर्ने निश्चित छ ।

बुधबार युभेन्टसले मिलानलाई उसकै मैदानमा हरायो । तर लिग लिडरविरुद्धको त्यो जितले युभेन्टसलाई शिर्ष दुईमा पुर्‍याउन सक्ने अवस्था थिएन । बलियो मिलानलाई हराउन सफल भएपनि युभेन्टसले यस सिजन कमजोर प्रतिद्वन्द्वीहरुका विरुद्ध बिर्सनलायकको खेल देखाएको छ । यसै सिजन सिरी ए मा उक्लिएका क्रोटोने र बेनेभेन्टोसँग बराबरी खेल्यो भने जम्मा तीन खेल जितेको फियोरेन्टिनासँग पराजित भयो ।  यस्तै नतिजाहरुले पिर्लोलाई आलोचित बनाएको हो ।

पछिल्ला सिजनमा लिग जितिरहेको युभेन्टसले आउँदा सातामा कस्तो प्रदर्शन देखाउछ, त्यसले लिग उपाधि समिकरण प्रस्ट बनाउनेछ । लगातार नौ पटक लिग जितेको युभेन्टस दशौं पटकमा आएर रोकिने हो वा उपाधि यात्रालाई जारी राख्ने हो, त्यसले पिर्लो कै भविष्य पनि निर्क्यौल गर्नेछ ।

त्यसो त युभेन्टसले आफुलाई उपयुक्त हुने शैली पहिल्याउन सकेको छैन् । इटालीमा सन्तुलित खेल देखाउने टिमका रुपमा परिचित युभेन्टसले यसपटक महत्वपूर्ण खेलहरुमा नियन्त्रण राख्‍न सकेको छैन् । खेलाडीहरु न त धैर्य देखिन्छन् न त अनुशासित नै । पाँच खेलमा युभेन्टस १० खेलाडीमा सिमित भएर खेल्नु त्यसकै नतिजा हो ।

पछिल्ला सिजनमा लिग जितिरेको युभेन्टसले आउँदा सातामा कस्तो प्रदर्शन देखाउछ, त्यसले लिग उपाधि समिकरण प्रस्ट बनाउनेछ । लगातार नौ पटक लिग जितेको युभेन्टस दशौं पटकमा आएर रोकिने हो वा उपाधि यात्रालाई जारी राख्ने हो, त्यसले पिर्लो कै भविष्य पनि निर्क्यौल गर्नेछ ।

पिर्लोसँग सुरुबाटै मोहित भएका क्लब अध्यक्ष आग्नेली पिर्लोसँग निराश नभइसकेको देखिन्छ । पिर्लोले क्लबलाई किन बलियो सुरुवात गराउन नसकेको भन्‍ने प्रश्नमा आग्नेलीको उत्तर थियो ।‘युभेन्टसले प्रि–सिजनमा तयार गर्न सकेन’ । त्यसकै नतिजा हुनसक्छ, पिर्लोको शैलीमा युभेन्टसका खेलाडीहरु भिजिनसकेको । पिर्लो युभेन्टसमा खेलाडीहरुले तीब्र गतिमा खेलुन भन्‍ने चाहान्छन् । हाई प्रेस गर्ने, बल माथि नियन्त्रण राख्ने र तुरुन्त आक्रमण बुन्‍ने । उनी आफ्ना खेलाडीहरु बिना अर्थको ‘पोजेसन’ राख्ने भन्दा पनि बल पाउनसाथ विपक्षिको क्षेत्रमा पुगिहालुन भन्‍ने चाहान्छन् ।

पिर्लोको यो सिद्धान्तले कतिपय महत्वपूर्ण खेल जिताएको छ । जस्तै, च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल । वा लिगमा पार्माविरुद्धको खेल । पिर्लोको शैली अनुसार खेलाडीहरुले खेल्न सक्दा युभेन्टसले सुन्दर खेल पस्कन सकेको छ । विशेषगरी अग्रपंक्तिमा । रक्षापंक्तिमा त युभेन्टस अझै पनि बलियो नै छ । लिगमा कम गोल खाने टिमको सूचिमा युभेन्टस दोस्रो स्थानमा छ । तर पिर्लोको शैली युभेन्टसमा सधै सफल भएको छैन । कमसेकम रक्षात्मक खेल्ने टिमहरुका विरुद्ध । पिर्लोले यो समस्याको समाधान निकाल्न सकेका छैनन् ।

त्यसो त युरोपियन क्लब फुटबलमा संर्घरषरत ठूला क्लबहरुको सूचिमा युभेन्टस एक्लो छैन । लिभरपुल, बार्सिलोना लगायतका टिमले पनि आफ्नो स्वभाविक लय देखाउन सकेका छैनन् । अनि युभेन्टसले अपेक्षाकृत खेल देखाउन नसक्नुमा पिर्लो मात्र दोशी छैनन् । उनका खेलाडीहरु देखि उनलाई जिम्मेवारी दिने युभेन्टस प्रशासन पनि दोशी छन् । फेरी, गत डिसेम्बरमा मात्रै ‘कोचिङ कोर्स’ पुरा गरेका पिर्लो युभेन्टसको जिम्मेवारीका लागि तयार भइसकेका थिएनन् की भन्‍ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । पिर्लोले प्रशिक्षकका रुपमा बलियो सुरुवात गर्न नसकिरहेको भनिरहँदा एलेग्रीलाई सम्झिनु उपयुक्त हुन्छ । युभेन्टसलाई पाँच लिग जिताएका एलेग्रीले आफ्नो पहिलो सिजनमा सुरुवाती १४ खेलबाट जम्मा २१ अंक मात्र बटुलेका थिए ।

इटालियन फुटबलमा हुन सक्ने ‘पावर सिफ्ट’  
जारी सिजनमा युभेन्टस चौंथौं स्थानमा रहँदा, दुई मिलान क्लबले शिर्ष दुईमा छन् । युभेन्टससँग बुधबार पराजित हुनुअघि मिलानले लिगमा लगातार २६ खेल जितेको थियो । त्यस्तै, कोन्टे नेतृत्वको इन्टरले दुई खेल मात्र हारेको छ । यी दुबै टिमले लिगमा स्थिरता देखाएका छन् ।  मिलानमा अधिकांश खेलाडीहरु युवा छन् । उनीहरुको जोसमा पाका ज्लाटन इब्राहिमोभिचको अनुभव र स्टेफानो पिओलीको ‘ट्याक्टिस’ मिश्रण हुँदा मिलानले लगातार बलियो खेल देखाइरहेको छ । पछिल्लो पटक लिग जित्दा, इब्राहिमोभिचको साथ पाएको मिलान स्विडिसको उपस्थितीमा १० वर्षपछि फेरी उपाधि दौडमा छ ।

मिलानमा अधिकांश खेलाडीहरु युवा छन् । उनीहरुको जोसमा पाका ज्लाटन इब्राहिमोभिचको अनुभव र स्टेफानो पिओलीको ‘ट्याक्टिस’ मिश्रण हुँदा मिलानले लगातार बलियो खेल देखाइरहेको छ । पछिल्लो पटक लिग जित्दा, इब्राहिमोभिचको साथ पाएको मिलान स्विडिसको उपस्थितीमा १० वर्षपछि फेरी उपाधि दौडमा छ । 

इटालियन लिगमा १६ खेल सकिँदा, उपाधि जित्न सक्ने टिमका बारेमा अड्कलबाजी सुरु भइसकेको छ । बुधबारको खेल उपाधि दौडका लागि निर्णयक नभएको भन्‍ने अभिब्यक्ति पिओली र पिर्लोबाटै आएको हुँदा लिगको सम्भावित विजेताका बारेमा छलफल गर्ने बेला भइनसकेको बुझ्‍न सकिन्छ । तथापी सर्मथकका माझ यो विषय रोचक नै रहन्छ । मिलान र युभेन्टस बाहेक इटालियन फुटबलमा परम्पारिक शक्ति मानिने अर्को क्लब हो, इन्टर । सिरी ए जितेको अनुभव भएका कोन्टेको नेतृत्वमा रहेको इन्टर जारी लिगमा बलियो देखिएको छ । च्याम्पियन्स लिगबाट बाहिरिसकेका कारण, लिगमा ध्यान केन्द्रित गरिरहेको इन्टर सिरी ए जित्ने क्षमता भएको टिम हो ।

अन्त्यमा, 
पछिल्ला सिजनमा लिग जितिरेको युभेन्टसले आउँदा सातामा कस्तो प्रदर्शन देखाउछ, त्यसले लिग उपाधि समिकरण प्रस्ट बनाउनेछ । लगातार नौ पटक लिग जितेको युभेन्टस दशौं पटकमा आएर रोकिने हो वा उपाधि यात्रालाई जारी राख्ने हो, त्यसले पिर्लो कै भविष्य पनि निक्र्योल गर्नेछ । तर यदि पिर्लो असफल हुन्छन् भने, त्यसको अपजस युभेन्टसको व्यबस्थापनको भागमा पनि पर्नेछ । उपाधि संख्या बढाउन इटाली आएका क्रिस्टियानो रोनाल्डो त्यसका लागि तयार पनि देखिन्छन् । तर के पिर्लो तयार छन् ? अथवा के युभेन्टसले उपाधि जित्न तयार रहेका प्रशिक्षक नियुक्त गर्नु पर्दैन थियो ? उत्तर दिने जिम्मा आग्नेलीको हो । अनि पिर्लोको असफलताको अपजस पनि उनकै काँधमा ।

बीबीसीबाट 


Author

थप समाचार
x