कोभिड-१९ संक्रमणबाट २४ घण्टामा २६ जनाको मृत्यु
काठमाडौं : कोभिड-१९ संक्रमणबाट २४ घण्टामा २६ जनाले मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका अस्पताल तथा होम आइसोलेसनमा रहेका २६ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार बुधबार ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या एक लाख ४४ हजार ८७२ पुगेको हो।
आजका दिनसम्म नेपालमा ४४ हजार ६७६ जना सक्रिय संक्रमित छन् । जसमध्ये १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २९ हजार ८०० जना होम आइसोलेसनमा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया