नेपालविरुद्द मरिसस, रंगशालामा गएर हेर्न यी नियम पालना गर्नुपर्ने
काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमले मरिसससँगको पहिलो मैत्रीपूर्ण खेल आज खेल्दैछ । शनिबार अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्ने भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।
दशरथ रंगशालामा गएर फुटबल हेर्नका लागि एन्फाले नियम बनाएको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सामाजिक सञ्जालमा दर्शकले अनिवार्य रुपमा पालना गर्नुपर्ने नियम र साथमा ल्याउनुपर्ने ‘डकुमेन्ट’बारे जानकारी दिएका छन् ।
फेसबुकमा उनले लेखेका छन् ।
आज नेपाल र मौरिसस वीचको खेल शुरु हुने समय वेलुका ४ :४५ मा हुनेछ।सबै प्रकारका दर्शकले अनिवार्य रूपमा पालन र साथमा ल्याउनुपर्ने सामग्री
१,मास्क अनिवार्य
२, सामिजक दुरी, हिड्दा र सिट्मा बस्दा पालन गर्ने
३, तापक्रम नापिने शंकस्पद देखिएमा एन्टिजेन गरिने छ।
४, खोप कार्ड अनिवार्य हुनुपर्ने छ।
५, सेनटाइज नियमित गरौं।
६, परिचय(पत्र साथमा हुनुपर्ने
नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया