लागुऔषध ओसारपसारमा एक युवतीसहित ३ पक्राउ
फाइल फोटो
काठमाडौं– प्रहरीले आगुऔषध ओसारपसारमा संलग्नहरूलाई पक्राउ गरेको छ। सर्लाही र सुर्खेतबाट लागुऔषधसहित ओसारसपारमा संलग्न एक युवतीसहित ३ जनालाई पक्राउ गरिएको हो ।
प्रहरीकाअनुसार सर्लाही, मलंगवा नगरपालिका–७ गणेशिया चोकबाट करिब २० केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका–२ बैकुण्ठ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश २–००१ ह १४०२ नम्बरको टेम्पुलाई अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार करिश्मालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै टेम्पु चालकलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, सुर्खेत, भेरीगंगा नगरपालिका–१० तोलीखोलास्थित सडकबाट करिब २ ग्राम ६ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुर्भाकोट नगरपालिका–८ बस्ने ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरपालिका–९ बस्ने ३० वर्षीय रेसम वली रहेका छन् । नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ज ८३६ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया