प्रमुख समाचार

ओलीको वास्तविक चरित्र नै यही हाे : यादब

निर्वाचन गराउन होइन निरंकुशता लाद्‍नका लागि प्रतिनिधि सभा विघटन

इकागज |
पुस २५, २०७७ शनिबार १७:१५ बजे

विराटनगर : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउन होइन निरंकुशता लाद्‍नका लागि संसद् विघटन गरेको बताएका छन् । ओलीले निर्वाचन गराउने भन्‍ने निहुँ पारेर आफू बाचुन्जेल शासन गर्न यो बाटो अपनाएको तर त्यो खाडलमा आफैँ परेको बताए । 

ओलीले यति अनैतिक र असंवैधानिक काम गरेका छन अनि कसले पत्याउँछ उनले चुनाव गराउँछन भनेर भन्दै पूर्व उपप्रधानमन्त्री यादबले भने, ‘ओली अहिले प्रवृत्ति र चरित्रको रूपमा देखापरेको छ । यसको विरोध हुनुपर्छ ।’ 


जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन, ‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा पनि माथि रहेकाले त्यसबाट फरक रूपमा लिन मिल्दैन । यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न एक प्रकारको नाटक मञ्चन गरिएको हो ।’ 

उनले ओली र उनका सहयोगीले चुनाव नगराउने ठोकुवा गर्दै भने, ‘संसद विघटन हुनेबित्तिकै सरकार कामचलाउ बन्छ । तर उनी काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छन् ।’ संसद विघटनको कदम खारेजीको माग गर्दै यादवले संविधान संशोधनले मात्रै अबको समस्या समाधान हुने बताएका छन् । उनले पहिलेदेखि नै संसद् संशोधनको माग गर्दै आएका थिए । 


Author

थप समाचार
x