प्रमुख समाचार

मदिरामा राजश्व छली गरेका बख्रेलको अर्काे छली सुर्तीजन्य पदार्थ र कस्मेटिकमा

इकागज |
माघ १७, २०७८ सोमबार १५:५८ बजे

काठमाडौं– दुई दिनअघि मात्रै भन्सार छलेर ल्याइएको एक करोड ५० लाख मूल्यका मदिरासहित पक्राउ परेका सन्तोष चन्द्र बख्रेलले अन्य धन्दासमेत गर्ने गरेको खुलेको छ । सस्तोमा मदिरा पाइने बजार हल्लापछि प्रहरीले गरेको अप्रेसनबाट राजश्व छलीका मदिरा बरामद गरिएको थियो । अप्रेसन लिमा अप्रेसनबाट उनीसहित चार जना पक्राउ परेका थिए ।

सो अप्रेसन फलो गर्ने क्रममा महानगरीय अपराध महाशाखाले उनले थप राजस्व छली गरेको प्रमाण भेटेको हो । विदेशी ब्राण्डका मदिराहरू राजस्व छलीसम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका सन्तोषले अन्य व्यवासाय गर्ने गरेको पाइएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनले गर्ने गरेको व्यवसायमा राजश्व छली गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 


मदिरापछि ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ तथा कस्मेटिक सामानहरू बरामद गरेसँगै उनले राजश्व छलीमा लामै समयदेखि संलग्न रहेको पुष्टि हुन आएको प्रहरीको भनाइ छ ।

महाशाखाको विशेष टोलीले बख्रेलले  भन्सार छली ल्याएको सूर्तीजन्य पदार्थहरू तथा सोको खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू बरामद गरेको हो । काठमाडौंको खुशिंबुस्थित घर भाडामा लिई ठूलो परिमाणमा भण्डारण गरी राखेको अन्दाजी ५० लाख बराबरको सामान बरामद गरी अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको प्रहरीले जनाएको छ। 

प्रहरीकाअनुसार सूर्तिका धुलो दुई हजार ५ सय केजीका एक सय बोरा, सुपरपावर सुर्ति ५ सय ८० केजी, विभिन्न ब्रान्डका चुरोटहरू, स्याम्पु तथा लेडिज कपडाहरू बरामद गरिएको हो ।


Author

थप समाचार
x