Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

प्रमुख समाचार

नेप्से बढेको बढ्यै

इकागज |
पुस २८, २०७७ मंगलबार १५:२१ बजे

काठमाडौंः यो साता सेयर बजार उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ । गत साताको अन्त्यतिरबाटै बढ्न लागेको बजारले हरेक दिनजसो नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । मंगलबार नेप्से परिसूचक २८.३१ अंक अर्थात् १.२६ प्रतिशतले बढेर २,२६७.७३ अंकमा पुगेको छ । सेयर बजारमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सूचक सेन्सेटीभ इन्डेक्स ४३३.२८ बिन्दूमा पुगेको छ । आज नेप्सेमा व्यापार समूह बाहेक अन्य सबै समूहका परिसूचक उकालो लागेका छन् । 

आइएमइ जनरल इन्स्योरेन्सको सेयर कारोबारमा सर्किट ब्रेकर लागेको छ । उक्त कम्पनीको सेयर मूल्य आज एकै दिन ७५ रुपैयाँले बढेर ८२५ रुपैयाँ पुगेको छ । त्यस्तै आजको कारोबारमा ९ प्रतिशतभन्दा माथि र १० प्रतिशतभन्दा कम सेयर मूल्य बढेका कम्पनीहरूमा आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, समृद्धि फाइनान्स, गुराँस फाइनान्स लिमिटेड रहेका छन् । 


आज नेप्सेमा कुल ४ अर्ब ९८ करोड २४ लाख रुपैयाँको कारोबार भएकोमा वाणिज्य बैंकहरूको मात्रै २ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । 
मंगलबार नेप्सेमा २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार दुई सय २७ कित्ता सेयर ४५ हजार पाँच सय ६९ ओटा कारोबारबाट कुल ४ अर्ब ९८ करोड २४ लाख रुपैयाँमा किनबेच भएको छ। 


Author

थप समाचार
x