प्रमुख समाचार

१० हजार घूस लिएको आरोपमा प्रहरी हवल्दार भण्डारी पक्राउ

इकागज |
पुस २८, २०७७ मगलवार १६:७ बजे

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार शान्ति भण्डारीलाई दश हजार घूससहित नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत हबल्दार भण्डारीले सोही कार्यालयबाट नियन्त्रणमा लिएका व्यक्ति छुटाइदिए वापत विभिन्‍न बहाना बनाई सेवाग्राहीसँग सो रकम लिएकी थिइन । 


घूस मागेको सूचनाका आधारमा अख्तियारको पोखरा कार्यालयबाट गएको टोलीले हवल्दार भण्डारीलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । 


Author

थप समाचार
x