स्वास्थ्य जानकारी
दसैंमा दम र क्यान्सर रोगीले ध्यान दिनुपर्छ यी कुरा
दसैं पछि लगत्तै जाडो महिला आउँछ । अहिलेको समयमा दम, सुगर, प्रेसर जस्ता रोगका विरामीहरुले रुघाखोकीबाट बच्नको लागि फ्लू भ्याक्सिन लगाउनुपर्छ । यो सिजनल भ्याक्सिन हो ।
हरके वर्ष जाडो महिना सुरु हुने बेलामा लगाउनुपर्छ । यो वर्ष फ्लू भ्याक्सिन लगाउनु झनै आवश्यक छ । बुुढेसकाल लागेपछि निमोनियाको डर पनि उत्तिकै हुन्छ । त्यसैले, निमोनियाको खोप लगाएको छैन भने पनि लगाउनुपर्छ । ६० वर्षभन्दा माथिकाले निमोनियाको खोप एक पटक लगाए हुन्छ ।
यसपालिको दसैं कोरोना भाइरसले गर्दा सजगता अपनाउनुपर्ने देखिएको छ । हरेक रोगका विरामीले खानपानसँगै सुरक्षाका उपायहरु पनि अपनाउनुपर्छ । हुलमुलमा जानु हुँदैन । कोरोनालाई बेवास्ता गर्नुहुँदैन । मुख्यगरि युवापुस्ताले कोरोनालाई हेलचक््रयाइँ गर्नुहुँदैन । उनीहरु बलियो छन् । कोरोनालाई पचाउन सक्लान् । तर, उनीहरुले बुढाबुढीलाई सार्न सक्छन् ।
बुढाबुढी, रोगी र शारीरिक रुपले कमजोर मानिसहरुलाई युवापुस्ताले मारमा पार्नु हुँदैन । कोरोना भनेको नचाहिने कुरा हो, डाक्टर र औषधिवालाले पैसा कमाउनको लागि फैलाएको अफवाह हो भनेर अरुलाई भ्रममा पार्ने काम गर्नुहुँदैन ।
खानेकुराको हकमा रोगअनुसार खानपानमा ध्यान पुर्याउनुपर्छ । सुगरका रागिले गुलियो खानु भएन । मुटुका रोगिले चिल्लो खानु भएन । प्रेसरका रोगिले त्यहि अनुसारले खानेकुरा खानुपर्यो । बढी प्रोटिन र पौष्टिक चिज खादा ध्यान दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु खानुपर्छ । शाकाहारी व्यक्तिहरुले गेडागुडी र दुधबाट बनेका परिकारहरु खान सक्छन् ।
क्यान्सर रोगीले ध्यान दिनुपर्ने
क्यान्सरका रोगीले धेरै बोसो भएको मासु खानु हुँदैन । पोलेका मासुबाट पनि टाढै रहनुपर्छ । हरेक रोगको ५० प्रतिशत समाधान खानेकुरामै निर्भर हुने भएकाले खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ । पोलेको मासु पनि कहिलेकाहीँ र थोरै खायो भने समस्या हुँदैन । तर, धेरै र निरन्तरत खादा भने समस्या हुन्छ । तत्कालै असर नदेखिए पनि यसले दिर्घकालिन असर गर्छ ।
पोलेको मासुमा कार्बोन हुन्छ । मासु पोल्दा प्रयोग हुने आगोको झिल्कामा क्यान्सर गराउन सक्ने तत्व हुन्छ । पोलेको मासु खादा मिठो पक्कै होला । तर, शरीरको लागि यो लाभदायी छैन । क्यान्सरको संभावना भएकाहरुलाई पोलेको मासुले आगोमा घ्यू थप्ने काम गर्छ ।
त्यस्तै, चाडपर्वकै मौका छोपेर धेरै मानिसहरु जाँड रक्सीको लतमा लाग्छन् । चाडपर्वमा कसैले ‘खान्न, खान्न’ भन्दाभन्दै पनि जबर्जस्ती खुवाउने हाम्रो चलन छ । यो एकदमै नराम्रो चलन हो । यो चलन हामीले हटाउनुपर्छ ।
(कुराकानीमा आधारित ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया