प्रमुख समाचार

तानातानले समस्या : अस्पताल एक, शिलान्यास दुई

इकागज |
माघ ८, २०७७ बिहीबार १३:२ बजे

काठमाडौँ : स्थानीय तहमा ‘आधारभूत अस्पताल’ आफ्नो स्थानमा लैजाने तानातानमा दुई ठाउँमा भवन शिलान्यास भएपछि समस्या सिर्जना भएको छ । स्थानीय तहका पदाधिकारीबीच राजनीतिक झगडा कारण निर्माणाधीनमध्ये ३८ स्थानीय तहमा दुई ठाउँमा अस्पताल भवन शिलान्यास हुन पुगेको हो ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको निर्णयमा गठित स्थानीय तहमा निर्माणाधीन अस्पताल भवन अनुगमन समितिले जग्गा-जमिन किचलो र राजनीतिक विवादले ३८ ठाउँमा झमेला देखाएको हो । अर्थ मन्त्रालयले अस्पताल निम्ति बजेट छुट्याइसकेको छ ।


स्वास्थ्य मन्त्रालयले सातै पद्रेशमा निर्माणाधीन अस्पतालको वस्तुस्थिति अध्ययन र समस्याको गाँठो फुकाउने प्रयत्न गरिरहेको छ । हाल मन्त्रालयको सात सदस्यीय टोली यसैमा क्रियाशील छ । टोलीले अस्पताल भवन निम्ति ठेक्का आह्वान भएको छ कि छैन र ठेक्का भएका ठाउँमा कामको प्रगति अनुगमन गरिरहेको छ ।

सरकारले हरेक स्थानीय तहमा आधारभूत अस्पताल खोल्ने निर्णय लिएको थियो । पहिलो चरणमा ३९६ ठाउँमा अस्पताल खोल्ने निर्णय लिएको थियो । सरकारी निर्णयअनुसार ५, १० र १० बेडसम्मका आधारभूत अस्पताले खुल्नेछन् । जसमा ५ बेड निम्ति ७ करोड, १० बेड निम्ति ११ करोड र १५ बेड अस्पताल निम्ति १८ करोड रुपैयाँ बजेट लागतको अनुमान गरेको छ ।

त्यस अतिरिक्त मन्त्रालयले अस्पताल भवनका अतिरिक्त आवश्यक जनशक्ति पहिचान निम्ति अध्ययन गरिरहेको छ । हाल सरकारसँग स्वास्थ्यमा कति दक्ष जनशक्ति आँकलन गर्न कठिन छ ।


Author

थप समाचार
x