प्रमुख समाचार

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्‍नेमा कांग्रेसमा विवाद छैन : डा. शेखर कोइराला

इकागज |
माघ १०, २०७७ शनिबार १८:३२ बजे

कञ्‍चनपुर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा मध्यावधि निर्वाचन गर्न र माधवकुमार नेपाल र पुष्पकमल दाहाललाई तह लगाउन प्रतिनिधि सभा विघटन नगरेको ठोकुवा गरेका छन् । नेपाली कांग्रेस कञ्‍चनपुरले शनिबार महेन्द्रनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नरहेको बताए ।

कोइरालाले प्रतिनिधि सभा विघटनको निर्णय अराजनीतिक र असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् । प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्‍नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको कोइरालाको भनाइ छ । असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने उनको धारणाा छ । 


कोइरालाले अबका दिनमा पार्टीभित्रका कुनै पनि इमानदार र निष्ठावान कार्यकर्तालाई अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए ।


Author

थप समाचार
x