प्रमुख समाचार

प्रख्यात अमेरिकी अन्तरवार्ताकार ल्यारी किङको निधन

इकागज |
माघ १०, २०७७ शनिबार २०:११ बजे

तस्बिर साभार : युएसए टुडे

काठमाडौँ : सीएनएनका प्रख्यात अन्तरवार्ताकार ल्यारी किङको ८७ वर्षको उमेरमा केहीबेर अघि निधन भएको छ । ल्यारीको निधनबारे सीएनएनले उनका छोरामार्फत पुष्टि गर्दै समाचार संप्रेशण गरेको छ ।

उनको अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा निधन भएको हो । उनको निधनबारे उनको प्रोडक्सन स्टुडियो ओरा मिडियाले ट्‍वीटरमार्फत जानकारी दिएको छ ।


‘ल्यारी किङ शो’ चलाएर विश्‍वमा नै चर्चित रहेका उनी कोभिड-१९ को संक्रमणपछि अस्पतालमा भर्ना भएका थिए । ब्रोडकास्ट दुनियाँका लिजेन्ड ल्यारीको कोभिड संक्रमणकै कारण निधन भएको वा अन्य कारणले भन्‍ने खुलाइएको छैन । 

उनी सीएनएन टेलिजिभनमा सबैभन्दा लामो समय ल्यारी किङ शो अन्तर्वार्ता कार्यक्रम चलाएर विश्‍वभर चर्चित बनेका थिए । उनको स्टाइललाई पछ्याउने र नक्कल गर्ने अन्तरवार्ताकार विश्‍वभर छन् । उनी अमेरिकाको लस एन्जलसमा बस्दै आएका थिए ।

हुनत ल्यारी किङ यसअघिदेखि नै स्वास्थ्य समस्यामा पर्दै आएका थिए । उनलाई हृदयाघात, प्रोस्टेट र क्यान्सरको समस्या पनि थियो । ल्यारीले केही समय अघि भनेका थिए,  ‘म सधैँ सबैका जवाफ सुन्थेँ, सिक्थेँ, म हरेक दिन सिक्दै राम्रो हुन खोज्थेँ ।’


Author

थप समाचार
x