प्रमुख समाचार

किन र कति पिउने कफी ? अध्ययन भन्‍छ- ‘गर्भवतीले नपिउनू’

इकागज |
माघ २४, २०७७ शनिबार ६:४२ बजे

हामीमध्ये धेरैको दैनिकी कफीबाट सुरु हुन्‍छ । साथीभाइ भेटघाटमा होस् पा ‘मुड फ्रेस’ गर्ने बाहनामा होस् हामी कफी नै रोज्छौँ । तर, कफी किन पिउने, कति पिउने, कसरी पिउने र कसले पिउने भन्‍नेबारे धेरैलाई थाहा नहुन सक्छ ।

भनिन्‍छ, थोरै खाए अमृत, धेरै खाए विष । यो कुरा ठ्याक्कै कफीमा पनि हुन्‍छ । धेरै अनुसन्धानले कफी स्वास्थ्यका लागि फाइदाजनक रहेको पुष्टि गरेका छन् । एक अध्ययनले कफी पिउने मानिसहरूको आयू कफी नपिउनेको तुलनामा लामो हुने निष्कर्ष निकालेको छ । तर, कफीका फाइदासँगसँगै बेफाइदा पनि छन् ।


दिनमा दुई वा तीन कप कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्‍छ । त्यसमा पनि चिनी नराखी कालो कफी पिउनुलाई ज्यादा स्वस्थकर मानिन्‍छ । कफीमा दूध, क्रिम वा चिल्लो पदार्थ भने सकेसम्म हाल्नु हुँदैन । कसैकसैलाई दुध कफीले ग्याष्ट्रिक बढाउन पनि सक्छ । त्यस्तै, कफीसँग ‘हेभी स्न्याक्स’ पनि खानु हुँदैन । यसो गरेमा कफीबाट हुने फाइदा कम हुन्‍छ ।

युरोप अमेरिकामा प्रायः मध्यान्‍नपछि कालो कफी पिउँछन् । यहाँ पनि अहिले कालो कफी अर्थात अमेरिकानो खानेको लहड चलेको देखिन्‍छ । स्वास्थ्यकालागि दुध राखेको भन्दा कालो कफीलाई बढी स्वास्थ्यकर मानिन्‍छ ।  
किन पिउनुहुन्‍न गर्भवतीले कफी ?

विभिन्‍न अध्ययनले गर्भवतीले कफी पिउन नहुने उल्लेख गरेको छ । किनभने, कफी गर्भवतीका लागि जोखिमपूर्ण मानिन्‍छ । गर्भवतीले धेरै कप कफी पिउँदा गर्भपातको जोखिम हुन्‍छ । कफीमा पाइने क्याफिन नामक तत्वले गर्भमा रहेको बच्चालाई असर गर्छ । यसबाट बच्चाको तौल हुन्‍छ । गर्भवती महिलाको प्रेसर बढाउँछ । धेरै कफी पिउने गर्भवतीको गर्भमा रहेको बच्चामा ब्लड क्यान्सरको समेत खतरा हुन्‍छ ।

गर्भावस्थामा धूमपान र मद्यपानमा सचेत भएजस्तै धेरै कफी पिउनुअघि पनि उत्तिकै सचेत हुनुपर्छ । गर्भवतीले धेरै कफी पिउँदा बारम्बार पिसाब लाग्छ । जसको कारण शरीरमा पानीमा मात्रा कम हुन्‍छ । र, डिहाइड्रेसनको समस्या निम्तिन्‍छ । 

स्वास्थ्यका लागि फाइदाजनक कफी
- कफीले मधुमेहको खतरालाई कम गर्छ ।
- कलेजो, क्यान्सर र मुटुसम्बन्धि समस्याका लागि पनि कफी राम्रो मानिन्‍छ । 
- ह्दयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या कम गर्छ ।
- पार्किन्सन्स र अल्जाइमर्सका बिरामीका लागि पनि कफी उपयुक्त मानिन्‍छ ।
-  कफीमा पाइने क्याफिन नामक तत्वले शरिरमा ऊर्जा प्रदान गर्छ ।
- यसले आलस्यता चिर्छ ।
कफीका हानी 
- यसले निन्द्रा भगाउँछ । 
-  उच्च रक्तचापको समस्या हुन्‍छ । त्यस्ता रोगीले धेरै क्याफिनयुक्त कफी पिउनु हुँदैन ।
- राति सुत्नुअघि कफी पिउनु राम्रो मानिदैन । यसले निन्द्राको समस्या निम्त्याउँछ ।
- हड्डी कमजोर भएकाहरूको लागि पनि कफी उपयुक्त मानिदैन । (एजेन्सीको सहयोगमा)


Author

थप समाचार
x