प्रमुख समाचार

कार्की फर्केको भोलिपल्ट राजदूत खतिवडा डीसीमा

इकागज |
माघ २५, २०७७ आइतबार १०:१८ बजे

अमेरिका : अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा शनिबार अमेरिका आइपुगेका छन् । उनले साेमबारदेखि आफ्नाे कार्यभार सम्हाल्ने छन् भने ओहाेदाको प्रमाण पत्र बुझाएपछि मात्र उनले अन्य भेटघाट थाल्नेछन् । 

नवनियुक्त राजदूत खतिवडाको स्वागतका लागि राजदूतावासका कर्मचारी, अवैतनिक महावाणिज्यदूतहरू लगायत बिमानस्थल पुगेका थिए । पूर्वराजदूत डा. अर्जुन कार्की फर्के लगत्तै खतिवडा अमेरिका आईपुगेका हुन् । पूर्वराजदूत कार्की शुक्रबार नेपाल फर्किएका हुन् ।


नवनियुक्त खतिवडा अमेरिका आइपुगेसँगै अमेरिकामा रहेको नेपाली समुदायले अर्थविद्का रूपमा अब्बल भूमिका निर्वाह गर्न सक्ने लिए पनि राजनीतिक आशीर्वादमा रहेका व्यक्तिको सूचीमा उनी छन्  । खतिवडाको कार्यकालमा मुलुकको अर्थतन्त्रमा बिशेष टेवा पुग्‍ने विश्‍वास सरकारको रहेपनि उनको विगतका नियुक्ति, कार्यशैली र एनसेलको अमेरिकामा रहेको मुद्दाको विषयले उनी अमेरिका पुग्दै विवादित छन् । 

खतिवडा अर्थमन्त्री रहँदा एनसेल मुद्दामा नेपालको तर्फबाट प्रतिवादी समेत नराखेर एनसेललाई सहयोग गरेको आराेप छ । नवनियुक्त राजदूत खतिवडा पूर्व अर्थ र सञ्‍चारमन्त्री मात्र होइनन, उनले अधिकांश लाभको पद लिइसकेका छन् । नेपाल राष्ट्रबैंकका गर्भनर, राष्ट्रिय योजना आयोगकको उपाध्यक्ष भएर काम गरिसकेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्‍वास पात्र हुन । 


Author

थप समाचार
x