प्रमुख समाचार

प्रतिनिधि सभा विघटनविरुद्धको रिट

आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने

इकागज |
माघ २९, २०७७ बिहीबार १६:३५ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने भएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्‍निप्रसाद सापकोटातर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ । 

कानुन व्यवसायीहरूको बहस सकिएकाले आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जानकारी दिएका हुन् । बिहीबार प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राख्दै प्रधानन्यायाधीश राणाले त्यस्तो जानकारी गराएका हुन् । 


वैधानिक इजलासमा आज प्रधानमन्त्री ओलीतर्फका १० भन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए ।


Author

थप समाचार
x